लकडाउन उल्लंघन गर्ने १४ जना पक्राउ
कपिलवस्तु । कपिल बस्तुको मायाँदेवी गाउँपालिका ७ धुपही स्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नवाज पढिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
मायाँदेबी गाउँपालिका ७ धुपही बस्ने ६४ वर्षीय महोम्मद अलि मुसलमान सहित १४ जनालाई प्रहरीले नियम मिचेर नवाज पढ्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
सो मस्जिदमा मानिसहरूले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।