ओली सरकारको नैतिकता सकियो : गगन थापा
झापा । काँग्रेस नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक दल बिभाजन सम्बन्धी अध्यादेशले सरकार चलाउने नैतिकता सकिएको बताएका छन् ।
नेता थापाले ट्वीट मार्फत महासंकटको समयमा देशलाई अभिभावकत्व दिनु पर्ने प्रधानमन्त्रीले उद्देश्य र नियत नै खोट बनाएर अध्यादेश जारी गर्ने ओलीको सरकारको बैधता सकिएको जिकिर गरेका हुन् ।
उनले लेखेका छन् “महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।”
कोरोना भाइरसको महामारीसँग संसार नै संर्घषरत् भएका बेला प्रधानमन्त्रीले एकाएक यो राजनीतिक दल फु्टाउने प्रावधानमा संशोधन प्रस्ताव ल्याउने कारण के हुन सक्छ ? भन्ने गम्भीर प्रश्नले देश नै तरङ्गित भएको ।