सडकमा जताततै हाटबजार चल्दा कोरोना त्रास
भद्रपुर । झापा सदरमुकाम स्थित चन्द्रगढी क्षेत्रमा हाट बजार व्यवस्थापन गर्न प्रहरी प्रशासन असफल हुँदा कोरोना संक्रमण फैलने त्रास बढ्दै गएको छ ।
हरेक सोमवार र शुक्रवार लाग्ने चन्द्रगढीको हाटबजार भित्रका टहरामा प्रहरीले भीडभाड हुन नदिन तरकारी व्यापारीलाई व्यापार गर्न नदिए पनि बाहिरका सडकमा जताततै किन बेच गर्ने अवस्थालाई नियन्त्रण गर्न नसक्दा कोरोना संक्रमण फैलने त्रास बढ्दै गएको हो ।
व्यापारीहरूले साविकका टहराबाट विक्री वितरण गर्न नपाएपछि बजार दक्षिण वीरेन्द्र माध्यमिक विद्यालय आसपासका मूल सडक लगायत भित्री सडकहरूमा भीडभाड बनाएर विक्री वितरण गरिरहे पनि प्रहरी प्रशासनको ध्यान पुग्न सकेको छैन ।



