भारतसँगको सीमानामा आवतजावत अनिश्चितकालका लागि बन्द
काठमाण्डौ । सरकारले भारतसँगको सीमाना अनिश्चितकालका लागि आवतजावत बन्द गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मालसामान ल्याउने बाहेक अरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो । भातरसँगको सीमानामा अझै कडाई गर्ने निर्णय भएको एक मन्त्रीले बताए । ‘भारतमा कोरोना भाइरस धेरै फैलिएको छ । त्यहाँ सामान्य नभएसम्म सीमाना खोल्नु हुँदैन, भारतको जनसंख्या ठूलो भएकाले पनि हामीले ध्यान दिनुपर्छ’ ती मन्त्रीले भने, ‘सीमामा सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । अब जनता स्वयम्ले सीमा बन्द गराउन चाहेकाले सरकार पछि हट्न सक्दैन ।’ सीमानामा सुरक्षाकर्मीलाई थप्ने र लकडाउनलाई अझै कडाई गर्ने निर्णय भएको समेत उनले बताए । सरकारले यसअघि नै अन्तर्रािष्ट्रय उडानमा वैशाख १८ गतेसम्मको लागि बन्द गराइसकेको छ ।