झापाका दोस्रो कोरोना संक्रमित बाह्रदशीका जमाती

झापा । झापाका ५० बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा झापाका एक ५० वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

हाल उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य स्थिति सामान्य रहेको पनि अधिकारीले जनाएका छन् ।

झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । उनी झापाको राजगढ निवासी जमाती हुन् ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि १२ वैशाखमा दमकका ६२ वर्षीय पुरुषमा सङ्क्रमण भेटिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । त्यस्तै, १६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।