बाबुराम भट्टराईको आरोप : ओलीतन्त्रमा अपहरणकारी बिरूद्ध जाहेरी लिइएन

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल विरुद्ध जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले अपहरण तथा शरीर बन्धकको जाहेरी दिएका थिए ।

तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन । जनता समाजवादी पार्टीका नेताले जाहेरी दर्ता नभएको विषयमा आक्रोस ब्यक्त गरेका छन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री रहेका डा यादवसहित जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेतासहित महानगरीय प्रहरी कार्यालय टेकु आज जाहेरी दर्ता गर्न गएका थिए ।

तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा ओलीतन्त्रमा जाहेरी दर्ता नभएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौँमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने तत्कालिन समाजवादी पार्टी फुटाउन बस्नेत, श्रेष्ठ र खनालले वैसाख १० गते महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए ।

प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसद यादवको अपहरण भएको जसपाका नेताले दाबी गरेका छन् ।

सांसद बस्नेत र पूर्व प्रहरी महानिरीक्षक खनालले डा. यादवलाई पार्टी विभाजनका लागि काठमाडौँ ल्याएको स्वीकार गरेका छन् । सरकारको प्रभाव र दबाब पर्छ पर्दैन नेपाल प्रहरीको भूमिका त्यसैमा निर्भर हुने देखिएको छ ।