कोरोना भाइरस : झापा अपडेट
भद्रपुर । झापाको दमक नगरपालिका निवासी एक परिवारका चार जनाको स्वाव परीक्षण गर्न धरान पठाइएको छ । सो परिवारका एक पुरुष बैदेशिक रोजगारीबाट फर्किएका हुन ।
यसअघि झापाबाट पिसिआर गर्न ७ सय २३ जनाको स्वाबपरीक्षणका लागि पठाइएकोमा १ सय १ जनाको परीणाम आएको र सवैको निगेटिभ भएको जिल्ला बिपद ब्यबस्थापन समितिका फोकल पर्सन जीवन चम्लागाँइले बताएकाछन् ।
चम्लागाँइकाले दिएको जानकारी अनुसार, हाल झापाका १५ स्थानीय तहमा क्वारेन्टाइनमा १३ महिला र १ सय ३३ पुरुष रहेकाछन् । यी मध्ये सवैभन्दा बढी दमक नगरपालिकामा ४१ र मेची नगरपालिकामा २३ जना रहेकाछन् ।
यसैगरी होम कोरेन्टाइनमा १ सय २२ महिला र ५ सय ८९ जना पुरुष रहेकाछन् भने आइसोलेसनमा भद्रपुरस्थित मेची अन्चल अस्पतालमा दुई जना रहेका उनले बताए । यसरी झापामा अहिलेसम्म एक जनाको पनि पोजेटिभ रिपोर्ट नआएको चम्लागाँइको भनाइ छ ।
यसै सन्दर्भमा, भारतले चीनबाट खरिद गरिएका किट विश्वसनीय नभएकाले चीनी किटको प्रयोग रोकेको छ । तर नेपालमा भने चीनी किटबाटै परीक्षण भइरहेको चम्लागाँइले बताए ।