झापामा पहिलो पटक कोरोना संक्रमण देखियो
झापा । झापामा पहिलो पटक दमकमा कोरोना संक्रमण देखिएको छ । झापाको दमक निवासी ६२ वर्षीय एक पुरुषमा कोरोना भएको पुष्टि भएको छ ।
धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
विहीबार तीनजनाको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि स्वाब परीक्षणका लागि धरान पठाईएको थियो ।
तीन मध्ये एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित व्यक्तिका छोरा केही दिन अगाडि दुवइबाट आएका थिए ।
परिवाका ३ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो । तीनै जना दमक स्थित आइसुलेसन अस्पतालमा रहेका छन् ।