प्रवक्ता शर्मा लेख्छन् : विधेयक फिर्ताले गल्ति सच्चियो

भद्रपुर । केपी शर्मा ओली नेतृत्व सरकारले अध्यादेश मार्फत जारी गरेका दुई विधेयक फिर्ता लिएको प्रति नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गल्ति सच्याएको धारणा राखेका छन् ।

ट्‍वीटर मार्फत प्रवक्ता शर्माले अध्यादेश फिर्ता प्रकरणले गल्ति सच्चिएको धारणा राखेका हुन् । शर्माले ट्‍वीटरमा भनेका छन् अपहरण शैलीमा संसद उठाउनेलाई कारवाही पनि हुनु पर्यो ।