पूर्व राजा धुलावारीमा
भद्रपुर २१ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो मेचीनगर आएका थिए । उनले अङ्ग्रेजी पात्रोको नयाँ वर्ष जनवरी फस्टको साँझ पनि मेचीनगर–८ धुलावारीस्थित मेची क्राउनमा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित बिताएका थिए । यसैक्रममा पूर्वराजा शाह झापाको फाइभस्टार होटल मेची क्राउनमा नाच्दै रमाउँदै गरेको भेटिए । त्यहाँ उनले ‘शायद तिम्रो बाटोमा‘’ बोलको मधुर गीतमा नाचेको भिडियो सार्वजनिक भएको छ ।
स्रोतका अनुसार,पुस १२ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौंबाट झापा आएका हुन । उनी हरेक वर्ष जाडो छल्न झापाको दमकस्थित हिमालय चिया बगानभित्र रहेको मिनी दरवारमा आउने गरेका छन् ।
स्रोतका अनुसार उनी दमकमा रहँदा बिगतमा जस्तो यसपाली राजनीतिक भेटघाटमा छैनन् मुलुकमा गणतन्त्र स्थापनापछि नागरिक बनेका उनी महत्वपूर्ण अवसरहरुमा राजनीतिक अभिलाषासहितको अभिब्यक्ति दिन्छन् । तर, प्रतिनिधिसभा भङ्ग भएयता उनको कुनै प्रतिक्रिया आएको छैन ।
