दिउसै लालटिन बालेर प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड–माधव पक्षका अनेराश्ववियूको केन्द्रीय कमिटीले विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीले दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै ? भन्दै सडकमा निस्किएका हुन् । विद्यार्थीले काठमाडौंको माइतिघरमा दिउसै लालटिन बालेर प्रदर्शन गरेका हुन् ।