हत्याको अभियोगमा तीन जना पक्राउ
भद्रपुर । ईलाका प्रहरी कार्यालय काकाडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
असोज १४ गते झापाको मेचीनगर ४ स्थित आमडाँगीमा मेचीनगर ४ निवासी ५० वर्षिय पूर्ण बहादुर प्रधानले सोहि स्थान निवासी प्रेम भन्ने बेमा दोर्जी तामाङलाई कुटपिट गरेको विषयलाई लिएर मेचीनगर ४ निवासी २५ वर्षिय दिवस लुङ्गेली मगर, ५५ वर्षिय प्रेम भन्ने बेमा दोर्जी तामाङ र २८ वर्षिय बिशाल तामाङले कुटपिट गरी घाइते बनाई उपचारको क्रममा आम्दा अस्पताल धुलावारीमा मंसिर १४ गते प्रधानको मृत्यु भएपछि संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
