झापामा आज थपिए ४७ संक्रमित : १ को मृत्यु

भद्रपुर १५ मंसिर । झापामा आज कोरोना संक्रमण बाट भद्रपुर ९का ७६ बर्षिय पुरुषको मृत्यु भएको छ भने १८ महिलासहित ४७ जना मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जसअनुसार, दमकमा ३ जना, बिर्तामोडमा ९ जना, बुद्धशान्तिमा ३ जना, मेचीनगरमा २ जना, भद्रपुरमा १० जना, कनकाइमा ६ जना, शिवसताक्षीमा ४जना, अर्जुनधारामा २ जना, झापा गापामा २ जना र अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनरसार झापामा सक्रिय संक्रमितको संख्या १२३६ जना रहेका र आजसम्म कुल मृत्युको संख्या ११० पुगेको छ ।