झापाबाट काँग्रेसको १५ महाधिवेशनका प्रतिनिधि निम्नानुसार
सन्दर्भ समचारदाता
भद्रपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा जिल्लाको क्षेत्रीय, प्रदेश र संघीय निर्वाचन प्रतिनिधि छनौट सम्पन्न भएको छ । अधिकाम्स प्रतिनिधि निर्वाचन मार्फत छानिएका हुन् भने केही निर्विरोध चयन भएका थिए ।
यस अन्र्तगत झापा क्षेत्र न १ क्षेत्रीय सभापतिमा ईन्द्रबहादुर बुढाथोकी ४१४ मतका साथ निर्वाचित भए भने प्रतिष्पर्धी सुवेशकुमार पनेरुलाई २०१ मा रोकेका छन् भने सचिव दिपक काफ्ले २९९ मतका साथ निर्वाचित हुँदा सुन्दर बस्नेत १९९ मतमा रोकिएका छन् । त्यस्तै सह सचिव चन्दन गौतम २४८ मतका साथ निर्वाचित भएका छन् । क्षेत्र नम्वर १ (क) सभापति गिरीराज धमला २३१ मतका साथ निर्वाचित भए भने (ख) सभापतिमा पुष्पराज कार्की १६२ प्राप्त गर्दै निर्वाचित भएका छन् ।
यस्तै झापा क्षेत्र नं. १ बाट विभिन्न समावेशी समूह र खुला प्रतिस्पर्धामार्फत २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार खुला पुरुषतर्फ विश्वप्रकाश शर्मा सर्वाधिक ६३८ मतसहित निर्वाचित भएका छन् । त्यस्तै केशवराज पाण्डे ५२७, नारायण गिरी ४५०, भुपु राई (भुपु कान्छा) ४४३, अर्जुन राई ४४४, प्रेम सम्बाहाङ्फे –लिम्बू) ४४१, गोपाल तामाङ ४३९, लोकराज ढकाल ४२६, पुष्पराज पौडेल ४०० र टेकबहादुर लिम्बू (भरत) ३४४ मतसहित निर्वाचित भएका छन् ।
खुला महिलातर्फ सुशीला रिजालले ४२८, रचना ओली घिमिरेले ४०५, राधा कार्कीले ४०० र कुसुम भट्टराई कोइरालाले ३६६ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि बनेका छन् ।
खस आर्य खुलातर्फ मनोज घिमिरे २७८ र धनकाजी खत्री २२४ मतसहित निर्वाचित भएका छन्। खस आर्य महिलातर्फ ज्ञानु थापा रिजालले २७७ र चन्द्रकला भट्टराईले २६६ मत प्राप्त गरी विजयी बनेका छन् ।
आदिवासी जनजाति खुलातर्फ चक्र शेर्मा लिम्बूले ४०० र खड्गबहादुर धिमालले ३०२ मत प्राप्त गरी निर्वाचित भएका छन्। यही समूहको महिला क्लस्टरतर्फ विटु गुरुङ ४६७ र विना तामाङ ३६० मतसहित निर्वाचित भएका छन् ।
३५ वर्षमुनिका युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि बनेका चोलिन्द्र दाहालले २७३ र भुपेन्द्रसिंह थेवेले २२८ मत प्राप्त गरेका छन् । युवा महिलातर्फ निश्ता निरौला नेपाल ४११ मतसहित निर्वाचित भएकी छन् ।
अपाङ्गता समूहबाट गंगाप्रसाद संग्रौला २०९ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन्। पेशागत तथा विषय विज्ञ समूहबाट अजयकुमार घिमिरेले ४०६ र श्रमिक समूहबाट विशाल तामाङले ३१९ मत प्राप्त गरी जित हासिल गरेका छन् ।
यस्तै क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हेमराज खरेल निर्विरोध भएका छन् । त्यस्तै क्षेत्र नं २ को प्रदेश ख को सभापतिमा जीवन भण्डारी पनि निर्विरोध भएका छन् ।
उक्त निर्वाचनमा महिला क्लस्टरबाट उमा शिवाकोटी, प्रभा नेपाल, सितादेवी पौडेल र मेनुका ओली (मिनु) निर्वाचित भएका छन् । महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधि बन्न ११ जनाले मनोनयन दर्ता गराएका थिए ।
त्यस्तै १० जनाको कोटा रहेको खुला क्लस्टरबाट खगेन्द्र मैनाली, उद्धव थापा, आनन्द बस्नेत, जलकुमार गुरुङ, छत्रबहादुर गिरी, दिपक तामाङ, वीरमणि ढकाल, भोजराज सिटौला, मनोज प्रसाई र दिपेन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । खुला क्लस्टरमा १९ जना उम्मेदवार थिए ।
त्यस्तै एउटा कोटा रहेको श्रमिक क्लस्टरबाट राजु राजवंशी (सन्तोष) निर्वाचित भए भने दुई जनाको कोटा रहेको युवा खुला क्लस्टरबाट सञ्जय राई र मिलन चापागाई निर्वाचित भएका छन् ।
त्यस्तै एउटा कोटा रहेको अपांग क्लस्टरबाट उत्सव ढकाल र अल्पसंख्यक क्लस्टरबाट याम भुजेल महाधिवेशन प्रतिनिधि बनेका छन् ।
त्यस्तै एउटै पद भएको दलित क्लस्टरबाट मनमाया विश्वकर्मा, प्रजातन्त्र सेनानी शहीद परिवार द्वन्द्व पीडित क्लस्टरबाट शमशेर गिरी (केदार) विजयी भएका छन् ।
त्यस्तै आदिवासी जनजाति महिलामा निर्मला गुरुङ र समावेशी आदिवासी जनजातिमा किरण श्रेष्ठ र धर्म लक्सम्बा निर्वाचित भएका छन् ।
समावेशी खसआर्य महिलामा अधिवक्ता रंजिता कार्की र अञ्जु पाण्डे खड्का निर्वाचित भएका छन् भने समावेशी खस आर्य पुरुषमा अनोज खड्का, युवराज प्रसाई र ठाकुर उप्रेती (सन्तोष) विजयी भएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।
त्यस्तै एउटा पद भएको मधेसी क्लस्टरबाट इन्द्रजीत चौधरी निर्वाचित भए भने युवा महिलामा रुवि सिटौला, समावेशी दलितमा विरबहादुर दर्नाल (विरु) र थारु मुस्लिममा लवकुमार चौधरी निर्विरोध बनेका थिए ।
यस्तै नेपाली कांग्रेस झापा क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा गिताप्रसाद भट्टराई निर्वाचित भएका छन् । ३४० मत ल्याई भट्टराई सभापतिमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी राम दुलालले २६९ मत पाएका छन् । सभापतिमा निर्वाचित भट्टराई यसअघि क्षेत्रीय सचिव रहेका थिए ।
त्यस्तै क्षेत्रीय सह–सचिवमा सन्जिबकुमार सिंह राजवंशी विजयी भएका छन् । २१९ मतसहित उनी विजयी बनेका हुन् । उनका प्रतिष्पर्धीहरु सरोज कोइरालाले १८० र सन्तोष थापाले १६३ मत ल्याएका छन् ।
त्यस्तै खुला. क्षेत्रीय सदस्यमा सरोज बिमली– ३०९, तोयानाथ अधिकारी – २९० र मोहनप्रसाद शिवाकोटी – २८६ मतसहित निर्वाचित भएका छन् ।
झापा क्षेत्र नं. ३ को केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रत्यक्षतर्फ महिला खुलातर्फ उर्मिला कुमारी गौतम २५५, यशोदा कार्की २३६, लता कार्की २१५ र समता दाहाल कार्की ३०९ मतसहित निर्वाचित भएका छन् । यस समूहमा तुलसा थापाले १०४, प्रमीला देवी कोइरालाले १३२, विष्णु कुमारी घिमिरे (विमली) ले १५४, लक्ष्मी निरौला अधिकारीले २११, शर्मिला अधिकारीले २१८ र सविता घिमिरे मैनालीले २०९ मत प्राप्त गरेका छन् ।
खुलातर्फ गणेश पोखरेल ४६२, जगदीश काफ्ले २८६, जगत् बहादुर बस्नेत २४९, टिकाराज ढकाल २६६, पुनलाल राजवंशी (टोम) २३३, नवीन विमली ४६५, भरत प्रसाईँ ३१९, महावीर लिम्बू (रञ्जित) २८८, मोहन महर्जन २९८ र राजेन्द्र कुमार घिमिरे ४२६ मतसहित निर्वाचित भएका छन् ।
खुला समूहमा झमक बहादुर खड्काले १२० मत प्राप्त गरेका छन् मत प्राप्त गरेका छन् । त्यस्तै आशिष् कोइराला १२६, उमाराम प्रसाईँ १८९, उत्तम कुमार सुवेदी १२५, ओमप्रकाश गौतम २१६, तोयानाथ गडतौला १८०, देवराज कार्की १६६, नगेन्द्र पोखरेल (नवीन) ११४, वेदनिधि भण्डराई १३५, बोधकृष्ण सुवेदी ११२, मनप्रसाद कोइराला १४३, रविन पुरी ९५ र होमनाथ निरौला (नीरज) १४९ मत प्राप्त गरेका छन् ।
युवा महिलातर्फ सदिक्षा खड्का २८७ मतसहित निर्वाचित हुँदा निलम कार्कीले २५२ मत प्राप्त गरिन् । युवा खुलातर्फ भीमसैन शेर्पा लिम्बू ३३२ र नारायण नेपाल ३२८ मतसहित निर्वाचित भएका छन् । इन्द्र लिम्बूले १६५, दीपक कुमार शाहले ११४ र प्रकाश फुयाँलले १४८ मत प्राप्त गरेका छन् ।
पेशागत विषय विज्ञतर्फ अधिवक्ता यज्ञ प्रसाद अधिकारी ३०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अधिवक्ता सुरज खत्रीले २९१ मत प्राप्त गरे । प्रजातन्त्र सेनानी÷शहीद परिवार÷द्वन्द्व पीडिततर्फ नरेन्द्र कुमार काफ्ले २४६ मतसहित निर्वाचित भएका छन् । गोपाल प्रसाद भुर्तेलले १०८ र शान्ति प्रसाद अर्यालले २०५ मत प्राप्त गरेका छन् ।
अल्पसङ्ख्यकतर्फ लखन हेमरम ३६० मतसहित निर्वाचित भएका छन् । दीपेश कुमार शाहले १३२ मत प्राप्त गरे । समानुपातिकतर्फ आदिवासी जनजाति महिलातर्फ रत्ना कुमारी राजवंशी ३५२ र सविना शेर्मा लिम्बू ४०९ मतसहित निर्वाचित भएका छन् । शिला तामाङले ३१८ मत प्राप्त गरिन् ।
आदिवासी जनजाति खुलातर्फ मनोज सुब्बा ३६९, दिलकुमार नेम्बाङ ३४३ र खड्ग प्रसाद राजवंशी ३२० मतसहित निर्वाचित भएका छन ्। कैलाश राईले २८२ र भैरव प्रसाद सिंह राजवंशीले २३९ मत प्राप्त गरे । खस आर्य महिलातर्फ सिता जोहारी खरेल ३३९ मतसहित निर्वाचित भएकी छन् । मिना आचार्य गुरागाईले २०९ मत प्राप्त गरिन् ।
खस आर्य खुलातर्फ कृष्ण प्रसाद प्रसाईँ २५३ र वेणु प्रसाद सिटौला १८७ मतसहित निर्वाचित भएका छन् । खगेन्द्र सुवेदीले १६३, भीम बहादुर कार्कीले १६३, मित्रलाल खनालले १३३ र राजेन्द्र प्रसाद ओलीले १३४ मत प्राप्त गरेका छन् । नवीन घिमिरेले ४६५, गणेश पोखरेलले ४६२ र राजेन्द्र कुमार घिमिरेले ४२६ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा पर्शुराम ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गाना ४३३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनले शिवकुमार कँडेललाई हराएका छन् । कँडेलले ३८७ मत ल्याएका छन् ।
त्यस्तै, क्षेत्रीय कार्यसमितिको सह–सचिवमा मनोज बस्नेत निर्वाचित भएका छन् । उनले ४६६ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी डिल्ली रिजालले २८५ मत पाएका छन् ।
क्षेत्रीय कार्यसमिति सदस्यमा ताराकुमार कार्की ३३७, अर्जुन भट्टराई ३३३ र धर्मनारायण राजवंशी ३०२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सदस्य पदका अन्य प्रतिष्पर्धीहरु कृष्णकुमार सुवेदीले २३५ , दिपककुमार प्रसाईले २०९ , केदारनाथ कडरियाले १८५ ,नवराज सिटौलाले १७५ र विष्णु ढुंगानाले १२५ मत ल्याएका छन् ।
यसैगरी, झापा–४ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) को सभापतिमा विनोद ढकाल २७१ मतसहित निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्र (ख) को सभापतिमा रोहित खवास ३५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसको झापा क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ४४१ मत ल्याई न्यौपाने क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी रोशन विष्टले ४२१ मत पाएका छन् ।
त्यस्तै सचिवमा आत्माराम राजवंशी निर्वाचित भएका छन् । त्रिपक्षीय भिडन्तमा २९७ मत ल्याई राजवंशी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु तिलोचन आचार्यले २४३ र पुरण अधिकारीले २२२ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्रीय सहसचिवमा टंकप्रसाद ढकाल तथा सदस्यहरुमा डार्बिन संग्रौला , रबिन्सन रिजाल ,लावन्य खतिवडा, गणेश गौतम ,मानबहादुर दाहाल , एकराज प्याकुरेल ,नगेन्द्र दाहाल ,सोमलाल धिमाल ,डम्बरबहादुर गुरुङ ,मेहरमान पाण्डे ,शान्ती पौडेल ,विनु खतिवडा र चमला धिमाल चयन भएका छन् । क्षेत्रीय सभापति र सचिवबाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
