समाचारस्थानीय

चन्द्रगढी वनको २७ औ सभा सम्पन्न

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।

अध्यक्ष अनुज खतिवडाकको सभापतित्वमा समपन्न समूहको २७ औ सभाको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेकका थिए ।

संस्थाको वार्षिक गतिविधि तथा कार्योजना सहितको प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष खतिवडाले आगामी वर्षका लागि नीति तथा कार्याेजना पेश गरेका थिए ।

 

कार्यक्रममा सचिव कमला थापाले सागठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले उद्घाटन गर्दै वन समितिले उपभोक्ताको हितमा गर्ने काममा नगरपालिकाको पूर्ण सहयोग रहने जानककारी दिँदै वन क्षेत्रममै पर्ने चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रूपमा विककाश गर्नका लागिे सकेसम्म प्रयास गरिरहेको बताए । उनले आफ्नै पहलमा यसआर्थिक वर्षमा चन्द्रगढको वृत्तिविकास तथा उन्नतिको लागि संघीय सरकार बाट २ करोड रुपैया अनुदान रकम ल्याउन सफल भएको समेत जानकारी दिए ।

 

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, युनाइटेड क्लबका राजेश निरौला, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै वन समूहभित्र देखिएको असमझदारी अन्त्य गरी उपभोक्तालाई दिइने सुविधा सहज बनाउन परिषद सदस्यहरू जिम्मेवार निर्णयमा जान आग्रह समेत गरेका थिए ।

कार्यक्रममा समूहमा आबद्ध भएर निरन्तर वन संरक्षणमा सहयोग गर्ने कपिलमणि दाहाल, स्वर्गीय पुहांतु चौधरी तथा फुटवल खेलाडी कर्ण लिम्बू र वक्सिङ खेलाडी नारिका राईलाई दोसल्ला सहित प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रमको संंचालन सचिव कमला थापा र स्वागत उपाध्यक्ष श्रीमननारायण पौडेलले गरेकका थिए भने परिषद भेला मार्फत साधारण सभा सम्पन्न गरिएकको थियो ।