समाचारस्थानीय

वर्तमान साहित्य प्रतिष्ठानको २९ औं वार्षिक उत्सव सम्पन्न

भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० को २९ औं वार्षिक उत्सवको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कविता वाचन, गायन प्रवचन लगायत कार्यक्रम गर्दै २९ औं वार्षिक उत्सव सम्पन्न गरिएको हो ।

 

प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. रत्नमणि नेपालले स्थापना कालदेखि वर्तमानसम्मका गतिविधि प्रस्तुत गर्दै युवा विद्यार्थीका मनोभावना समेट्न तथा लीला लेखनको निरन्तरताका लागि प्रतिष्ठानले वर्तमान पत्रिका प्रकाशन अभियान निरन्तर अगाडि बढाइरहेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा चिन्तामणि दाहाल, मोहन काजी, कृष्ण वराल, कुमार भट्टराई, नवराज घिमिरे लगायतले धारणा राख्दै झापा सदरमुकाम चन्द्रगढीमा वर्तमान साहित्य प्रतिष्ठानले भाषा र साहित्यको विकासमा महत्वपूर्ण योगदान दिइरहेको बताएका थिए ।

 

यस्तै गजलकार केशव आचार्य, कवि हरिप्रसाद न्यौपाने, उषा गुरूङ, कष्ण सुवेदी निराकार, गीता सुवेदी लगायतले आफ्ना काव्यकृति प्रस्तुत गरेका थिए ।

त्यस्तै गायक निरज पोखरेल, डिल्ली नेपाल लगायतले गीत पस्तुत गरेको कार्यक्रममा स्वागत विकास पाण्डे र सञ्चालन महेन्द्र कोइरालाको रहेको थियो ।