भद्रपुर साइकल यात्रा सम्पन्न
भद्रपुर । पर्यटन प्रबद्र्धनसँगै भद्रपुर नगरको पहिचान देश–विदेशमा पु¥याउने उद्देश्यले आयोजना भएको ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्रा सम्पन्न गरिएको छ ।
भद्रपुर साइकल समाजको आयोजनामा नेपाल, भारत र भुटानका गरी २३७ जना साइकल–राइडरहरूको सहभागिता रहेको साइकल यात्रा भद्रपुरबाट दक्षिण कचनकवलहुँदै हल्दिवारी परिक्रमा गर्दै भद्रपुरमा आएर सम्पन्न भएको हो ।

साइकल यात्रामार्फत् झापाका तीन वटा पालिका भद्रपुर, कचनकवल र हल्दिबारीका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरु प्रबर्धन र पहिचान देश–विदेशमा पु¥याउने लक्ष्य राखेर आयोजना गरिएको समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
ने भद्रपुर नगरपालिका कार्यालय परिषरबाट शुरु भई संगमचोकहुँदै भद्रपुर वडा नं. ५. कार्यालय–बजार–बुद्ध मन्दिर–डाँगीबारी–महाभारतकालीन सभ्यताको पहिचानक बोकेको किच्चकबध पुरातात्विक स्थल–कमलधाप संयुक्त धार्मिक स्थल–बिसाल÷दियालो र दशरथपुर सामुदायिक वन क्षेत्रहुँदै कचनकवल लागेको थियो ।

त्यस्तै, बनियानी बजार हुक्काहुक्की चोकहुँदै नेपालको होचो भुभाग कचनकवल स्तम्भबाट फर्केर धारापानीहुँदै सुकुनाडिगी पश्चिम बगानबजार दुर्गाभिट्टा सामुदायिक वन, जैविक विविधतायुक्त जलथलको हरियो वन, हरियाली पाथिभरा कालिका सामुदायिक वनहुँदै पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र, ढडुवाचोक पाराखोपी बजार भेलागुडी सिमसार क्षेत्र हुँदै झोलुङ्गे पुल–कलवलगुरी प्रादेशिक अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कमलचोक, विपि चोक धनुषमोडहँुदै चन्द्रगढी बजारबाट महेन्द्र उद्यान सगरमाथा चोकमा आएर समापन भएको थियो ।
शुक्रवार बिहान ७ बजे शुरू भएको साइकलयात्राको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए भने भद्रपुर–कचनकवल–हल्दिबारी ६६.७ किलोमिटर साइकल यात्रा रहेको थियो ।
समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख राधा कार्की लगायत वडाध्यक्षहरूको सहभागिता रहेको थियो । भद्रपुर, धनगढी, पोखरा, हेटौंडा, भुटान र भारतीय नागरिकको सहभागिता रहेको यात्रामा पथरी मोरङका १२ वर्षे बालकले समेत सहभागिता जनाएका थिए । समापन समारोहमा निरन्तर साइकल चलाउने जेष्ठ साइकल चालकलाई समेत सम्मान गरिएको थियो ।
