बाह्रदशी जेसीजको पाँचौँ शाखा अधिवेशन सम्पन्न, सदिक्षा खड्का अध्यक्षमा निर्विरोध निर्वाचित
बाह्रदशी । बाह्रदशी जेसीजको पाँचौँ शाखा अधिवेशन २०८२ साल पुस १० गते मिराकी होटल, बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत वर्ष २०२६ का लागि नयाँ नेतृत्व सबै पदमा निर्विरोध रूपमा निर्वाचित गरिएको हो।
अध्यक्ष पदमा सदिक्षा खड्का निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष पदका लागि प्रकाश फुयेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। तर खड्कालाई समर्थन गर्दै फुयेलले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि खड्का निर्विरोध निर्वाचित भएकी हुन्।

त्यसैगरी कार्यकारिणी उपाध्यक्ष पदमा नवराज दाहाल र गोकुल घिमिरे निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा कृष्ण अधिकारी, मनोज खतिवडा, विनोद फुयेल र भुपेन्द्र दंगाल निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षद्वारा मनोनयन गरिने पदहरूअन्तर्गत कानूनी सल्लाहकारमा प्रकाश फुयेल, महासचिवमा नविन कुमार त्रिताल र कोषाध्यक्षमा राजु अधिकारीलाई मनोनयन गरिएको छ।
अधिवेशनका क्रममा ककस तालिम चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले प्रदान गर्नुभएको थियो।
कार्यक्रम बाह्रदशी जेसीज वर्ष २०२५ का अध्यक्ष तिर्थप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने बाह्रदशी जेसीजका संस्थापक अध्यक्ष विगम श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। अधिवेशनमा निर्वाचन आयुक्तका रूपमा बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, मनोनयन सभापतिका रूपमा वर्ष २०२४ का निवर्तमान अध्यक्ष खगेन्द्र सुवेदी तथा वर्ष २०२२ का अध्यक्ष पुषलाल धमला लगायतको उपस्थिति रहेको थियो।

