यस्तै नै छ है, अैलेकाे राजनीतिकाे रैंदाले व्यवस्था !
माैसमी हास्य-व्यंग्य
‘व्यंग्यनारन पाँडे :-
लामै समयदेखि हरिराम पुरेत बाजे र मेराे देखाभेटै थिएन । काेरियाकी मुन माता पाेरपरार कैले हाे काठमाडाैं आएर केपी , माधाै , पुष्पकमल (प्रचण्ड)-हरू समेत नेपाली जातका कम्युनिष्ट नेता-नेगियारहरूलाई ‘हाेली वाइन’ नामक क्रिस्चियनकाे रक्सी पिलाएदेखि हरिराम बाजेले पनि आफ्नाे नाम थाेमस हरिराम राखेकाे छ अरे भन्ने सुनेकाे चाहिँ थिएँ मैले । उही थाेमस आज, ‘मुसीकी आमा’ भनेपछि उसकाे अतुलनीय उखरमाउलाे चलखेलका सन्दर्भमा सबैलाई अघाउन्जी थाहा भइहाल्ने , गुजराँती भैसी वा छिप्पिएकाे कटहर जस्ती उटुसपुटुस महिलालाई पछ्याउने साँढे जस्ताे भएर बेशरम मकहाँ आइपुग्याे ।
उनीहरूले आँगन टेकेदेखि नै थाेमस हरिराम ठूलाे धाकका साथ भन्दै आयाे -“हन किन हओ एस्ताे सरप्राइच लाग्ने गरी मज्जाले ट्यान्सिनफिरी भ’र घरमै थच्चिराख्या तपइँ ? तपइँलाई बाेरले बाेरिङ गरिराख्ता हुने ट्यन्सिनकाे उकुचमुकुच बाताबर्न मुनपर्छ कि कसाे हँ ? हामेरका मित्रास्ट काेर्यान, अम्रिकान, सुइझारल्यान, अस्टेल्यातिरका मान्छे बेहान-बेल्का मरनिङ वाक् र इभिरनिङ वाक् खेल्छन् र कस्ता साेस्थे-बजरठिङ्गा, गाेराखिला, राम्रा र इन्टेलेक्चुलतामा च्याम्पेन छन् ! तपइँ साेएम् नेपालकै सिटिज्यान भा पनि ओर्लकाे हिस्टाेरी पनि पाे जान्नुपर्छ त आच्कलकाे ट्याममा हामेरले । बिस्साेका माेडन डेप्लपिन कन्टीकाे हिस्टाेरी नजान्या भा इ याे मुसीकी मम्मी मेरिआ बूढीथाेकिनी नामले चिनिने भइओरी मसित हिन्न याेग्गे हुन नसकेर उइ चूलामा ढिँडाे ओडाल्दै हुन्थिन् हाेली । उस्ती मैला इ त आज मसित हिन्डुल गर्ने सिभिलाइचमा क्याति भकी छिन् भनेसि तपइँमा देश-समाचका पर्ति रेस्पन्सिबिलिटिकाे// जिम्माबारिता ठ्याम्मै नपलाकाे देखेर म त छक्क पर्छु लउ !”….
थाेमस हरिरामले मख्ख हुँदै भन्याे -“आफ्नु धरम-करम, आफ्नु सन्नातन प्रम्प्रा, आफ्नु भासा-समसकीर्तिहरकाे क्यारलेसै नगरी इ पाँडे र एस ठामका धेरैपए मान्छे मेराे इजाेत र मर्ज्यादा राख्तैनन् । रै भा पनि तँ समेत कतिपए ताजा, खाँट्टी खाइलाग्दा र भनम् नै भने शरीलकाे मजगुति अनि हाउभाउहेरू झट्ट हेर्दै मुखमा पानी आउनेहेरू मेरा पच्छेमा हुँदा तिमेरू कतिपएका छेउमा ती धेरैपए तेस्सिमालानेहेरू त हिस्स बूढी हरिआ दाँत भई नै राख्या छन्, हाेइन्त ? तेसैमा टेकेर म मेराे पाटीकाे कार्जेभार परकृयामा सकसेस हुँदैछु र अघाडि बड्दैछु ।… तँ डेल्लीका डेल्ली मसित छेस्, कैलेकाइँ तेरी छाेरी एन्जिला भने पनि एलिना भने पनि…तेल्ले पनि मउका-चानसमा घान हाल्न थालेकी छे । तेति भएसि के खेज्नु र ?”
यति भनेपछि त्यसले भित्ताकाे घडी हेर्दै जुरुक्क उठ्याे अनि जिब्राे प्यात्त बाहिर निकालेर मुसीकी मम्मीका दुवै पाेक्चा गालामा आफ्ना दुवै हत्केलाले ट्याप्-ट्याप् थप्थपाउँदै भन्याे -“जा है ट्यामले त चर्लक्कै फाल हालिहालेछ नि ! आज हामेर पाटीकाे मादिबेसनकाे भाेट रिजेल भाकाे दिन हाेइन ए मेरिआ ? जउँ-जउँ हिंड ! हामेरका ‘बा मउसुप’-लाई ककल्ले भाेट देछन् र ककल्ले नदेर पाटीबड कान समा’र निस्काउन र भिउँ राओल बनाउने दिन आ’छ … सप्पैकाे रिकट राख्न अर्जेन्टी छ !….यी पाँडेकाँ आएसि र इन्का नचाइँदा गफेडा सुन्न थालेसि ट्याम खेरा गाकाे क्यारलेसै हुँदैन । एस्ता तुक्का न उखान बिनाकाे निस्ताे-अलिनु गफ सुनेर अबकाे आर्काे चाँदी कटाइकाे चानसिलाे ट्यामकाे एकेक मिलिटकाे भेलु खेर फाल्नु हुँदैन “….इत्यादि र अरू पनि के-के गन्थनाउँदै उनीहरू एकाएक बाटाे लागे ।
