राजनीतिलेखशिक्षा

यस्तै नै छ है, अैलेकाे राजनीतिकाे रैंदाले व्यवस्था  !  

माैसमी हास्य-व्यंग्य
       ‘व्यंग्यनारन पाँडे :-                           

लामै समयदेखि हरिराम पुरेत बाजे र मेराे देखाभेटै थिएन । काेरियाकी मुन माता पाेरपरार कैले  हाे काठमाडाैं आएर केपी , माधाै , पुष्पकमल (प्रचण्ड)-हरू समेत नेपाली जातका कम्युनिष्ट नेता-नेगियारहरूलाई ‘हाेली वाइन’ नामक क्रिस्चियनकाे रक्सी  पिलाएदेखि  हरिराम बाजेले पनि आफ्नाे नाम थाेमस हरिराम राखेकाे छ अरे भन्ने सुनेकाे चाहिँ थिएँ मैले । उही थाेमस आज, ‘मुसीकी आमा’ भनेपछि उसकाे अतुलनीय उखरमाउलाे चलखेलका सन्दर्भमा सबैलाई अघाउन्जी थाहा भइहाल्ने , गुजराँती भैसी वा छिप्पिएकाे कटहर जस्ती उटुसपुटुस महिलालाई पछ्याउने साँढे जस्ताे भएर बेशरम मकहाँ आइपुग्याे ।

उनीहरूले आँगन टेकेदेखि नै थाेमस हरिराम ठूलाे धाकका साथ भन्दै आयाे -“हन किन हओ एस्ताे सरप्राइच लाग्ने गरी मज्जाले ट्यान्सिनफिरी भ’र घरमै थच्चिराख्या तपइँ ? तपइँलाई बाेरले बाेरिङ गरिराख्ता हुने ट्यन्सिनकाे उकुचमुकुच बाताबर्न मुनपर्छ कि कसाे हँ ? हामेरका मित्रास्ट काेर्यान, अम्रिकान, सुइझारल्यान, अस्टेल्यातिरका मान्छे बेहान-बेल्का मरनिङ वाक् र  इभिरनिङ वाक् खेल्छन् र कस्ता साेस्थे-बजरठिङ्गा, गाेराखिला, राम्रा र इन्टेलेक्चुलतामा च्याम्पेन  छन् ! तपइँ साेएम् नेपालकै सिटिज्यान भा पनि ओर्लकाे हिस्टाेरी पनि पाे जान्नुपर्छ त आच्कलकाे ट्याममा हामेरले । बिस्साेका माेडन डेप्लपिन कन्टीकाे हिस्टाेरी नजान्या भा इ याे मुसीकी मम्मी  मेरिआ बूढीथाेकिनी  नामले चिनिने भइओरी मसित हिन्न याेग्गे हुन  नसकेर उइ चूलामा ढिँडाे ओडाल्दै हुन्थिन् हाेली । उस्ती मैला इ त आज मसित हिन्डुल गर्ने सिभिलाइचमा क्याति भकी छिन् भनेसि  तपइँमा देश-समाचका पर्ति रेस्पन्सिबिलिटिकाे// जिम्माबारिता ठ्याम्मै नपलाकाे देखेर म त छक्क पर्छु लउ  !”….

  उसका कुरा सुनेर सिकसिकाे मानेर मैले कडा स्वर काेरल्दै भनें -“फटाहा कुरा गर्दै हिंड्न छाेडेका छैनाै हरिराम तिमीले ? कुन दिन कसका घानमा पर्छाै है तिमी ?”
त्यतिन्जेलसम्म थाेमस हरिरामले उतिर पुलुक-पुलुक हेरेका बेला मात्र – ‘अँ त !’, ‘हाे त !’, ‘किन हाेइन्थ्याे – आमइँ… हाे तानि हउ !’  जस्ता नेताका पाउभक्त  झाेले- शैलीमा थाेमसलाई उक्साइरहेकी थिई मुसीकी आमा उर्फ मेरिया  । ढङ्ग नपारी  ओठमा घस्ता दाँतहुँदी लत्पतिएर लिपस्टिककाे राताे ठाउँ-ठाउँमा लागेका दाँत  किच्च-किच्च देखाउँदै नक्कले थाेमसका फुइाँके कुरा सुन्दै थलथले  जिउ रबर झै लच्काइरहेकी उसले यसबेला उत्तेजित र चर्काे स्वरमा -“कल्ले के गर्छ र हामेरका थाेमास कम्रेटलाई ? मेरी छाेरी मुसी…एः, यनिलाले …” मात्र भन्दैथिई थाेमस भनाउँदाे हरिरामले उछिनेर भन्याे -” ए हाेइनओ, पैलाकी मुसीकाे नाम फिल्हालकाे माेडन नेममा एलिना पाे हाे त  ? कस्ताे जिभ्राे र नतिखारिने मगज !”
र, मुसीकी आमाले थाेमसतिर एकछिन् हेरेपछि  पाँडेतिर हेर्दै  भनी -” मेरी छाेरी पैलाकै मुसी नै छे भन्नुहुन्छाै तपइँ ? ताे त सलक्क बढेर खाइलाग्दी म्याम जैसी एलिना भएसि त यतातिरका टाेले गुण्डादेखुन्, ठूला बेपारीका चटारिएका छउँडा-छाउरा, परहरी-पर्शसनमा सर्खारी पाटीका एजेन बनेर बसेका साहेपहेरू जम्मै हाेल-टाेट्टललाई उल्ले उस्का मुठ्ठीमा च्याप्पसँग फँसाइसकेकी छे क्या ! जल्ले इ हामेरका कम्रेटलाई टेढा आँखा मात्तै तर्छन् तेल्लाई ठाडा पुच्छर ला-र ठाडै डाँढाे नकटाए त थुक्क लु  !”
पाँडेकाे कन्पाराे तात्तैथ्याे र हातले हाे कि मुखले के भन्न आँट्तैथ्याे, थाेमस हरिरामले अनुहार फुरुक्क पार्दै  फेरि उछिन्याे -” मलाई कल्ले छुने ?   ती क्या त, मेरै सजेक्सन अन्सार रास्पति समच्छे ‘एस्कुच-मी’ मागेर नै बीरगन्जाका रिगेल र टिकापुरका रेस्सम चउदरी झ्यालखानमा ज्यानमारे अप्राद भाेग्दाभाेग्दै फिरी भ’का हुन् क्यारे । रउतटकाे अकताप आलुमलाई मैले नै मेरा नजिकै नाताेका न्याइढीसलाई साेस्-फाेस्ले पेलेर झ्यालखानबड  निक्लाकाे हुँ भन्दा नि हुन्छ। मेरा कान्छा मामाकी छाेरी बुकुन्दीका देवरकी सालीकाे काका ससुराका छिमेकी जस्ता मेरा साख्खै नाताेका  न्याइढीस थेनन् भने ती आलुम एखिखेरसम्मन्  झ्यालखानबडै ‘नेपाली काङरेसकाे नेता गर्दै’ हुन्थे हाेलान्  ! उनले जिभ्राे टाकिहाले र पा! नत्रता यी पाँडे जस्ताहेरूलाई पैली नै पनि इँटाभट्टाँ सेक्वा बनाउँथे – लन्ठै साफ !  उनै आलुमकाे घरकै छेउमा मेरी साख्खै माइली फूपुकी कान्छी ब्वारीका साइँला बढाऊकाे कुख्रा पालन फाराम थ्याे र आलुमले तिँहीँबढ लगेका भाले खान्थे भनेसि मेराे साेस्-फाेस् नलाग्ने त कुरै नट् नि हओ – कुरै नट् नि । यी पाँडेलाई मेराे पाओरिलाे पाटीले मलाई किन एस ठामका कम्रेटहरकाे नेताे बनायाे भन्ने के मालम नि मेरिआ ?”
मुसीकी आमा उर्फ मेरियाले उसकाे थलथले जीउ लचकाउँदै भनी -“आमइँ … हाे त अन्तखेरी , किन हाेइन्थाे ।”
थाेमस हरिरामले मख्ख हुँदै भन्याे -“आफ्नु धरम-करम, आफ्नु सन्नातन प्रम्प्रा, आफ्नु भासा-समसकीर्तिहरकाे क्यारलेसै नगरी इ पाँडे र एस ठामका धेरैपए मान्छे मेराे इजाेत र मर्ज्यादा राख्तैनन् । रै भा पनि तँ समेत कतिपए ताजा, खाँट्टी खाइलाग्दा र भनम् नै भने शरीलकाे मजगुति अनि हाउभाउहेरू झट्ट हेर्दै मुखमा पानी आउनेहेरू मेरा पच्छेमा हुँदा तिमेरू कतिपएका छेउमा ती धेरैपए तेस्सिमालानेहेरू त हिस्स बूढी हरिआ दाँत भई नै राख्या छन्, हाेइन्त ? तेसैमा टेकेर म मेराे पाटीकाे कार्जेभार परकृयामा सकसेस हुँदैछु र अघाडि बड्दैछु ।… तँ डेल्लीका डेल्ली मसित छेस्, कैलेकाइँ तेरी छाेरी एन्जिला भने पनि एलिना भने पनि…तेल्ले पनि मउका-चानसमा घान हाल्न थालेकी छे । तेति भएसि के खेज्नु र ?”
यति भनेपछि त्यसले भित्ताकाे घडी हेर्दै जुरुक्क  उठ्याे अनि जिब्राे प्यात्त बाहिर  निकालेर मुसीकी मम्मीका दुवै पाेक्चा गालामा आफ्ना दुवै हत्केलाले ट्याप्-ट्याप् थप्थपाउँदै भन्याे -“जा है ट्यामले त चर्लक्कै फाल हालिहालेछ नि ! आज हामेर पाटीकाे मादिबेसनकाे भाेट रिजेल भाकाे दिन हाेइन ए मेरिआ ? जउँ-जउँ हिंड ! हामेरका ‘बा मउसुप’-लाई ककल्ले भाेट देछन् र ककल्ले नदेर पाटीबड कान समा’र निस्काउन र भिउँ राओल बनाउने दिन आ’छ … सप्पैकाे रिकट राख्न  अर्जेन्टी छ !….यी पाँडेकाँ आएसि र इन्का नचाइँदा गफेडा सुन्न थालेसि ट्याम खेरा गाकाे क्यारलेसै हुँदैन । एस्ता तुक्का न उखान बिनाकाे निस्ताे-अलिनु  गफ सुनेर अबकाे आर्काे चाँदी कटाइकाे चानसिलाे ट्यामकाे एकेक मिलिटकाे  भेलु खेर फाल्नु हुँदैन  “….इत्यादि र अरू पनि के-के गन्थनाउँदै उनीहरू एकाएक बाटाे लागे ।
उनीहरू मकहाँ आएदेखि र मेरामा भउन्जेल  म कति बाेलें अनि उनीहरूले, चाहिने-नचाहिने कुरा, कति बाेले भन्ने तपाईंहरू नै पर्गेलेर न्याय दिनाेस् है । तर, दाेष चाहिँ काेमाथि बजारियाे भन्ने पनि बुझ्नाेस्  !…. सक्कल चाहिँ यस्तै छ है अैलेकाे राजनीतिकाे रैंदाले ‘व्यवस्था’-काे  लाै !!….