जेष्ठ नागरिक दिवसमा उत्कृष्ट सम्मान
भद्रपुर । जेष्ठ नागरिक दिवस २०८२ को अवसर पारेर भद्रपुरमा उत्कृष्ट जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
जेष्ठ नागसरक नगर संघ भद्रपुरको आयोजनामा विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याएका भद्रपुरका ६ जना जेष्ठ नागरिकलाई सम्मानसहित अभिनन्दन गरिएको हो ।
कार्यक्रममा शिक्षा, साहित्य, पत्रकारिता, कला–संस्कृति तथा प्राज्ञिक क्षेत्रका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्दै जेष्ठ नागरिक दिवस मनाइएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा शिक्षातर्फ ८९ वर्षिया प्रभा घिमिरे, ८५ वर्षिय तीर्थराज वशिष्ठ, साहित्य तथा पत्रकारितातर्फ ८१ वर्षिय नकुल काजी, कला तथा संस्कृति तर्फ ७८ वर्षिय हरिप्रसाद पौडेल, कुशल प्राध्यापकतर्फ ७७ वर्षिय गणेश झा, कुशल कवितर्फ ७० वर्षिय विरही अधिकारीलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
