दे छ्योलिङ्ग गुम्बाको १८ औं वार्षिक साधारण सभा सम्पन्न
भद्रपुर । भद्रपुर १० शत्रबिघे स्थित दे छ्योलिङ्ग गुम्बाको १८ औं वार्षिक साधारण सभा सुखवति भुवन चन्द्रगढीमा सम्पन्न गरिएको छ ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष राकेश तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेतुङ संघ कोशी प्रदेश अध्यक्ष जगतबहादुर तामाङको प्रमुख आतिथ्यमा गुम्बा परिसरमा सभा सम्पन्न गरिएको हो ।
गुम्बा सञ्चालन सम्बन्धि वार्षिक गतिविधि तथा कार्योजना प्रस्तुत गर्दै अध्यक्ष तामाङले व्यवस्थित र पारदर्शी कामको विवरण पेश गरेका थिए ।
कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बसन्त तामाङ, आदिवासी जनजाति महासंघ भद्रपुरका अध्यक्ष शमशेर तामाङ, गुम्बाका लामा गुरू बुद्ध डुम्जन, नेपाल तामाङ घेतुङ संघ भद्रपुर अध्यक्ष बमबहादुर तामाङ, कोशी उपाध्यक्ष रूपनारायण तामाङ, भद्रपुर १० की वडा सदस्य संगीता ढकालले शुभकामना मन्तव्य राख्दै संस्कार, संस्कृति र सभ्यता बचाउन गुम्बाको महत्वपूर्ण योगदान रहेको धारणा राखेका थिए । सचिव गणेश तामाङले सञ्चालन गरेको सभाले वार्षिक नीति तथा कार्यक्रम समेत सर्वसम्मत अनुमोदन गरेको थियो ।
