चन्द्रगढी सेवा समाजको आठौें सभा सम्पन्न
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको आठौं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन अध्यक्ष पाण्डेले प्रस्तुत गरेका थिए भने नगर प्रमुख पोखरेलले समाजको सामाजिक कार्यका लागि समितिले बनाउने योजनाका आधारमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सेवा समाजको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाता अमरबहादुर कार्की, भवन निर्माणमा आर्थिक सहयोग गर्ने सियाराम कुर्मी, आजीवन सदस्य पुरूषोत्तम अधिकारी, संस्थापक अध्यक्ष खिलनाथ पाण्डे निकासलाई सम्मान समेत गरिएको कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर चन्द्रगढी सामुदायिक वन समूहका अध्यक्ष अनुज खतिवडा, शिक्षासेवी गोविन्द लम्साल लगायले शुभकामना मन्तव्य राखेका थिए ।

पाण्डेको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उपाध्यक्ष देवीमाया अधिकारी र सञ्चालन सचिव दीपबहादुर राउतले गरेका थिए ।
