राजनीतिसमाचार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५ औं अधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

निर्वाचित थापाले प्रतिष्पर्धी श्यामकृष्ण खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेर निर्वाचित भएका हुन् । उनले ६ हजार ५८४ मत प्राप्त गरे भने प्रतिस्पर्धी खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीले ५.३५ प्रतिशत मत पाए । ०७७ प्रतिशत मत बदर भएको बताइएको छ । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।