समाचारस्थानीय

कलवलगुरी कृषि सहकारीको तेश्रो साधारण सभा सम्पन्न

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को तेश्रो वार्षिक साधारण सभा विविध कार्यक्रमकासाथ सम्पन्न गरिएको छ ।

स्थापनाको २० औ तथा विभिन्न कृषि सहकारी संस्थाहरूसंगको एकीकरणपछिको तेश्रो वार्षिक साधारण सभा उत्कृष्ट सम्मान गर्दै विविध कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।

सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको अध्यक्षता तथा जेष्ठ सदस्य मणिराम न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उत्कृष्ट कृषक प्रोत्साहन सम्मान जर्नादन न्यौपाने, उत्कृष्ट बचत सम्मान छामी हास्दा तथा ऋण कारोवार सम्मान टेकराज न्यौपानेलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट सन्तती सम्मानबाट समृद्ध गुरागाई र लिजा आचार्यलाई नगद रू १५०५।— सहित पुरस्कृत गरिएको थियो ।

अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष मीनबहादुर कार्कीले वार्षिक आय व्यय प्रस्तुत गर्दै ३ लाख ८४ हजार ८८ रूपैया बचत नाफा सहितको वार्षिक आयव्यय समेटिएको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत तथा सचिव निर्माण नेपालले सञ्चालन गरेको सभामा सहकारीका पूर्व अध्यक्ष भीम दाहाल तथा सहकारी शाखा भद्रपुरका प्रमुख नेत्र पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।