निर्वाचनले विद्रोहको औचित्य प्रमाणित गर्नुपर्छ
सम्पादकीय
नव युवाहरूको विद्रोहपछि हुन लागेको आम निर्वाचन नजिकँिदै जाँदा माघको चिसो सिरेटोलाई पछाडि छोड्दै चुनावी सारगर्मी निकै अगाडि बढ्दै गइरहेको छ । यस निर्वाचनले उठाएको बहसचाँहि पुराना दल कि नयाँ दल भन्ने प्रश्नले उत्तर खोजिरहेको छ । खासगरी भदौ २३ को विद्रोह मान्ने कि नमान्ने भन्ने विवादलाई पनि दलको परीक्षा बनाउन खोजिएको यस निर्वाचनमा वि सं २००७ को परिवर्तनदेखि निरन्तर नागरिक अधिकारको वकालत गर्ने दलहरूलाई पुराना करार गरेर अहिलेसम्मका कुनै पनि परिवर्तनमा प्रत्यक्ष भूमिका नखेलेका भुइफुट्टा दल नयाँ दल हौं भन्दै जनजी विद्रोहको बल आफूतिर तान्न खोजिरहेको देखिन्छ ।
पुराना दलमा पनि समय अनुकुल परिवर्तन हुने र यथास्थितिमा रहने दुई धार देखिएका छन् । अब मतदाताले फागुन २१ मा नयाँ र पुराना दुवै दलको हैसियत निर्माण गरिदेलान् । निर्वाचन आयोगका अनुसार २० फागुनसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ छ । जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र दुई सय अन्य मतदाता छन् ।
२१ फागुनका लागि तोकिएको निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन लागि ३ हजार ४०६ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको दिन (६ माघ) बेलुकी निर्वाचन आयोग जारी गरेको विज्ञप्तिअनुसार कुल मनोनयनमध्ये दलीय र स्वतन्त्र गरी ३०३ महिला उम्मेदवार थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतिर निर्वाचनमा जेनजी उमेदवारको संख्या भने न्यून देखिएको छ ।
निर्वाचन आयोगको विवरण अनुसार, कुल उमेदवारी ३ हजार ४०६ मध्ये जेनजी संख्या मात्र दुई सय एक छ । यो संख्या ५.९० प्रतिशत मात्र हो । निर्वाचन आयोगका विवरणअनुसार, उमेदवारी दिने जेनजीमा १७८ पुरुष र २३ महिला छन् । त्यसमा २७ राजनीतिक दलले जेनजीलाई उमेदवार बनाएका छन् भने कुनै पनि पार्टीमा आवद्ध नभई एक सय १० जना अर्थात् आधाभन्दा बढी जेनजीले स्वतन्त्र उमेदवारी दिएको देखिन्छ । २७ राजनीतिक दलले मात्र ९१ जना जेनजीलाई उमेदवार बनाएका छन् । यस विवरणले उठाएको प्रश्न भने भदौ २३ को विद्रोहको औचित्य निर्वाचनले प्रमाणित गर्न सक्दैन कि भन्ने सन्देह देखिन्छ ।
निर्वाचन आयोगका अनुसार २० फागुनसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ छ । जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र दुई सय अन्य मतदाता छन् । यस अवधिमा झापामा मात्र ३५ हजार ३१९ नयाँ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने समयावधिभित्र देशभर १० लाख बढी नयाँ मतदाता थपिदा झापामा मात्र ३५ हजार ३१९ नयाँ मतदाता थपिएका हुन् ।
योसंगै झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन घोषणाअघि जिल्लामा मतदाताको संख्या ६ लाख ७९ हजार २७६ रहेको थियो । तोकिएकै समयमा निर्वाचन हुने हो भने यिनै नयाँ मतदाताले राजनीतिक उथलपुथलको औचित्य पुष्टि गर्ने आधार पाउने छन् भने निर्वाचन हुन नसके क्रान्ति वा उथलपुथलको औचित्यमाथि नै प्रश्न उठ्ने छ । यसकारण अबको निर्वाचनमा राजनीतिको फेरबदल गर्न देशभरी थपिएका १० लाख १६ हजार ७५४ जना मतदाता पहिलो पटक निर्णायक बन्न पाउने छन् । यी मतदाताले समेत विवेक नपुर्याए विद्रोहको औचित्य सधैंका लागि समाप्त हुन सक्छ । हिजो जितेर गएकाहरूले देशको उन्नतिका लागि काम गर्न सकेनन् भनेर बिध्वम्स गर्दै विद्रोह मच्चाउनेहरूको काम ठिक या बेठिक भन्ने छिनोफानो यस निर्वाचनले गर्छ होला ।
