समाचारस्थानीय

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १९ औं बार्षिक साधारणसभा सम्पन्न

भद्रपुर ।  नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति झापाको ११ औं अधिवेशन तथा १९ औं बार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि समेत रहनु भएको झापा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेश प्रसाद लुईटेलले शनिबार सम्पन्न सभामा बोल्दै व्यावसायीले प्रविधि मैत्री कम्पुटर प्रणालीमा जान आवश्यक रहेको बताउदै सेवाग्राहीको काम गर्दा अदालतको गरिमा बढाउने गरि कागज र प्रमाणको आधारमा गर्नु पर्नेमा जोड दिनु भयो ।

समिति अध्यक्ष लावण्य कुमार पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संसथाका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा सत्प्रतिसत भु सेवा मार्फत लिखद दर्ता गर्ने समितिका उपाध्यक्ष प्रकाश निराैला, पुर्व कोशी प्रदेश संयोजक युवराज कार्की , संस्थापक रामचन्द्र भट्टराई लगायत कक्षा १२ मा उत्कृट अंक लयाइ उत्रिर्ण हुने छात्रछात्रा ,अग्रज लेखापढी व्यावसायी, कर्मचारी लगायत १ दर्जन माथि लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा भुमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख लेवलकस्यप अधिकारी , समितिका केन्द्रीय उपाध्यक्ष गोविन्द पोखरेल ,समिति का पुर्व अध्यक्ष रमेश पोखरेल,कन्चन न्याैपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।

पोखरेलको अध्यक्षता तथा समिति सचिव मुरारी न्याैपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष निराैलाले गर्नु भएको थियो । समितिले यहि सोमबार नयाँ कार्य समिति समेत चयन गर्ने समितिले जानकारी दिए ।