राजनीतिसमाचारस्थानीय

प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर

भद्रपुर । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् ।

क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सवै पदमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा २१ मतका साथ भेषराज नेपाल, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा क्रमशः लोकबहादुर कुँवर, सन्तोष शर्मा, नितेश सिंह र सुनिता अधिकारी निर्विरोध चयन भएका हुन् ।

पौष १९ गते भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको क्लबको चौथो अधिवेशन महासचिव पदको निर्वाचनका कारण ५ दिन पछाडि परिणाम घोषणा गरिएको हो ।