कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुरको १० औं सभा सम्पन्न
भद्रपुर । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुरको १० वार्षिक साधारण सभा तथा १४ औं सामूहिक गोठधुप कार्यक्रम विविध कार्यक्रमका बिच सम्पन्न गरिएको छ ।
भद्रपुर ४ स्थित प्रतिष्ठानको निर्माणाधीन भवन परिसरमा सम्पन्न सभामा जग्गादाता तथा जेष्ठ सदस्य सम्मान सहित सामुहिक गोठधुप सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका नगर अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा केन्द्रीय कोषाध्यक्ष निमेष अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जग्गादाता तथा जेष्ठ सदस्य धर्मकुमारी अधिकारीलाई सम्मान गरिएको थियो भने भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशी, छत्रप्रसाद अधिकारी, रेखा अधिकारी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा उपाध्यक्ष बलिभद्र अधिकारीले स्वागत र सचिव भिम अधिकारीले सञ्चालन गरेका थिए ।
