समाचारस्थानीय

कलवलगुरी कृषि सहकारीको दोश्रो साधारण सभा सम्पन्न

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को दोश्रो साधारण सभा विविध कार्यक्रमकासाथ सम्पन्न गरिएको छ ।

स्थापनाको १९ औ तथा विभिन्न कृषि सहकारी संस्थाहरूसंगको एकीकरणपछिको दोश्रो साधारण सभा उत्कृष्ट सम्मान गर्दै विविध कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।

सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको अध्यक्षता तथा जेष्ठ सदस्य कृष्ण दाहालको प्रमुख आतिथ्यमा सभा सम्पन्न साधारण सभामा उत्कृष्ट कृषक प्रोत्साहन सम्मान पदमप्रसाद अधिकारी, उत्कृष्ट बचत सम्मान थिरराज कोइराला तथा ऋण कारोवार सम्मान नारायणप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट सन्तती सम्मानबाट आशना घिमिरे र आयुष पौडेललाई नगद रू१५०५ सहित पुरस्कृत गरिएको थियो ।

अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष मीनबहादुर कार्कीले वार्षिक आय व्यय प्रस्तुत गर्दै ५ लाख ४९ हजार ८५६ बचत नाफा सहितको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत तथा सचिव निर्माण नेपालले सञ्चालन गरेको सभामा वीरेन्द्र माविका प्रधानअध्यापक खिलराज कोइराला र सहकारी संघ झापाका सदस्य काशिनाथ घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।