दोश्रो चन्द्रगढी खानेपानीको निर्वाचनका लागि ३३ जनाको उम्मेदवारी
भद्रपुर । भद्रपुर ९ स्थित दोश्रो चन्द्रगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको कार्तिक ११ हुने कार्यसमिति निर्वाचनका लागि ३३ जनाको उम्मेदवारी , दर्ता भएको छ ।
११ सदस्यीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ४, उपाध्यक्षमा ४, सचिव ३, सहसचिव ३, कोषाध्यक्ष ३ र सदस्यमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य राजु वरालले जानकारी दिएका छन् ।
वरालका अनुसार सदस्य पदका लागि ४ वटा क्षेत्रबाट समावेशीता सहित निर्वाचन हुने प्रावधान छ भने सवैभन्दा धेरै क्षेत्र नं ९ बाट ४ महिला तथा ४ पुरूष सदस्यको उम्मेदवारी परेको छ भने क्षेत्र २ बाट एक पुरूषको मात्र उम्मेदवारी परेको छ ।
