झापा बारद्वारा संविधानको संरक्षणका लागि मौन जुलुस
झापा । संविधानको रक्षा र वर्तमान समस्याको संवैधानिक समाधान खोज्नुपर्ने मागसहित नेपाल बार एसोसिएसन झापा बार एकाईका कानून व्यवसायीहरूले आज झापा जिल्ला अदालत परिसरमा मौन जुलुस आयोजना गरेका छन् ।
“संविधानको रक्षा गरौं”, “शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम गरौं”, “नेपाल राष्ट्रको रक्षा गरौं” भन्ने नारा लेखिएका प्लेकार्ड र संविधानको किताबसहित कानून व्यवसायीहरु अदालत परिसरमा शान्तिपूर्ण रूपमा उभिएका थिए ।
जुलुसपछि सम्पन्न कोण सभालाई सम्बोधन गर्दै झापा बारका अध्यक्ष बसन्त नेपालले संविधानको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै हाल देखिएका समस्या समाधानका लागि संवैधानिक मार्ग नै उत्तम उपाय हुने धारणा राख्नुभयो।
