राति १० बजेदेखि सेना परिचालन हुने

झापा । जेनजी आन्दोलन उग्र बनेपछि नेपाली सेनाले आज राति १० बजेदेखि सक्रिय हुने घोषणा गरेको छ । सेनाले जारी गरेको विज्ञप्तिमा हालको परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले लुटपाट, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यदि यस्ता गतिविधि नरोकिए सुरक्षाको जिम्मेवारीअनुरूप नेपाली सेना अन्य सुरक्षा निकायसँगै स्थिति नियन्त्रणमा लिन दृढ हुनेछ ।” सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोग गर्न अपिल समेत गरेको छ ।