जेनजी आन्दोलनमाथि सरकारी दमन: १९ जनाको मृत्यु, सयौँ घाइते
झापा । काठमाडौंमा सोमबार जेनजी (जनरेशन जेड) युवामाथि सरकारले बर्बर दमन गरेको छ। सडकमा न्यूनतम नागरिक अधिकारको माग राख्दै उत्रिएका युवाहरूमाथि प्रहरीले अश्रुग्यास, पानीका फोहरा, र गोली प्रहार गरेको छ।
सो घटनामा १९ जना युवा मृत्युवरण गरेका छन् भने ४०० भन्दा बढी घाइते भएका छन्। सुरक्षा निकायको संयमहीनता र सरकारको नेतृत्वमा रहेको अयोग्यता यस दमनको मुख्य कारण मानिएको छ।
युवा समूहहरू सामाजिक सञ्जालमार्फत आन्दोलनको तयारी गरिरहेका थिए। तर सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरूको आक्रोश सडकमा पोखिएको थियो।
राजनीतिशास्त्री र सामाजिक विज्ञहरूले सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेको र सुरक्षा मापदण्ड अपनाउन नसकेको बताएका छन्। जेनजीले उठाएका मुख्य माग सामाजिक सञ्जाल पुनः खोल्ने र भ्रष्टाचार रोक्ने रहेका थिए।
सरकारले पहिलो दिनदेखि नै विवेक गुमाएको र आगामी दिनमा यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ।
तस्विर : सामाजिक सञ्जाल


