लोकतान्त्रिक खेलकुद संघ गठन

झापा ।  नेपाल लोकतान्त्रिक खेलकुद संघ झापा क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र २ र अर्जुनधारा नगर समितिको गठन शनिवार सम्पन्न भएकोछ ।

नवगठित प्रदेश सभा समितिको अध्यक्षमा प्रदीप खड्का, उपाध्यक्ष हेमन चौधरी र लक्ष्मी राजवंशी, सचिव विशाल थापा र सदस्यहरुमा सरोज श्रेष्ठ, लाक्पा तामाङ्ग, विवेक खनाल, मनोज राई, मिना गिरी, गर्जमान सुब्बा, रामकुमार श्रेष्ठ, रञ्जन बस्नेत र विसाल मेचे रहेकाछन् ।

त्यसै गरी अर्जुनधारा नगर समितिको अध्यक्षमा विक्रम मेचे, उपाध्यक्ष सुष्मा गुरागाईं र कृष्ण कार्की , सचिव राजीव ढुङ्गाना ,सह सचिव ओमप्रकाश कार्की ,कोषाध्यक्ष सुशीला सिटौला थापा, सदस्य रितेश कार्की, रमेश हेमरम, मिलन मेचे र राहुल लिम्बु रहेका छन् । लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य प्रसान्त भण्डारीले स्वागत र ते-कवान्दो प्रशिक्षक कुमार भट्टराईले सहजीकरण गरेको कार्यक्रमको प्रमुख अतिथि नेका कोशी प्रदेश सदस्य राजकुमार बराइली रहेका थिए ।

कार्यक्रममा नेका झापा सचिव कृष्ण हुमागाईं र लोकतान्त्रिक खेलकुद संघ झापा अध्यक्ष मिलन सुब्बाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सभापतित्व क्षेत्र २ सभापति किरण श्रेष्ठ र सञ्चालन सचिव डिल्ली सापकोटाले गरेको नेका झापा सूचना, संचार तथा प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकरी दिए । कार्यक्रममा महासमिति सदस्यहरु दिपक तामाङ्ग, दिपेन्द्र ढकाल, अग्रज प्रजातान्त्रिक योद्धा महेश ढकाल र गोपी गौतम लगायतको उपस्थिति रहेको थियो ।