खगिन्द्रा खुसीको उपन्यास “खुसीको गाउँ” को परिचर्चा
भद्रपुर । लेखनाथ पुस्तकालयको आयोजनामा आज खगिन्द्रा खुसीद्वारा लिखित “खुसीको गाउँ” उपन्यासबारे परिचर्चा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाले उपन्यासमा प्रस्तुत विषयवस्तु समाजको यथार्थसँग निकट भएको बताउँदै लेखकको प्रयासको प्रशंसा गर्नुभयो।
वक्ताहरू रश्मी असफल र सिएन गौतमले उपन्यासको साहित्यिक र सामाजिक पक्षबारे आ–आफ्नो धारणा राख्नुभयो।
कार्यक्रमको सभाध्यक्षता लेखनाथ पुस्तकालयका कार्यवाहक अध्यक्ष तथा लेखक खगिन्द्रा खुसीले गरेका गर्नुभयो। उपस्थित सहभागीहरूले उपन्यासलाई प्रेरणादायी र समसामयिक विषयवस्तुमा आधारित रहेको टिप्पणी गरेका थिए।
