पहिचान छाँयामा परेका आँखा चिकित्सक मेमलाल
भद्रपुर । साविकको मेची अञ्चल अस्पताल भद्रपुरमा आँखा उपचार सेवा सुरू गर्ने पहिलो आखा चिकित्सकको पहिचान बनाएका मेमलाल राजवंशीको पहिचान छाँयामा पर्दै गएको छ ।
मेची अस्पताल भद्रपुरबाट आँखा उपचार सुरू गरेका राजवंशीले झापामा व्यवसायिक र व्यापारिक केन्द्रका रूपमा आँखा अस्पताल खुल्ने वातावरण समेत बनाएका थिए ।
मेची प्रादेशिक अस्पतालमा वि सं २०४२÷०४३ सालदेखि आखाँ उपचार सेवा सुरू गर्दै राजवंशीले भद्रपुरमा रहेर आँखा विभागमा करिव १० वर्ष निरन्तर सेवा दिएका थिए । पछि आँखा उपचारमा बृहद क्रान्ति ल्याउन विर्तामोड सरेका राजवंशीकै कारण झापामा आँखा उपचार सेवाले अन्तराष्ट्रिय मान्यता समेत पाएको हो । अहिले आधा दर्जन बढी आँखा उपचारका लागि अस्पताल रहेको झापामा भारत, भुटान, वंगलादेशसम्मका विरामी उपचार गर्न आउने गरेका छन् ।
वि सं २०५०÷०५१ तिर बिर्तामोडको बोलवम पेट्रोल पम्पनजिक दुईवटा साना अध्यारा कोठलिएर आँखा उपचार केन्द्र खोलेका राजवंशीले झापामा रहेर नेपाल बाहिरका आँखाका बिरामी नेपालमा उपचार गर्न आउने वातावरण समेत निर्माण गरेका थिए ।
आफ्नो एकल प्रयासमा आँखा उपचार केन्द्रलाई निरन्तरता दिएका राजवंशीले अन्य उपचार केन्द्र जस्तै आँखा उपचार केन्द्र पनि भिन्न अस्त्वि बोकेको ठूलो अस्पताल बन्न सक्छ भने मान्यता स्थापित गराइ दिएका थिए ।
देश विदेशमा चर्चित हालको मेचीआँखा अस्पतालको स्थापनाका लागि पहलकदमी गरेका राजवंशीले चार दशक आँखा उपचारमै निरन्तर काम गरेर अनिवार्य अवकास पाएका थिए ।
आँखा उपचारमा ४० वर्ष काम गर्दा लाखौ व्यक्तिलाई आँखा उपचा सेवा सफलताका साथ दिएका राजवंशी सरकारी र समुदायिक आँखा उपचार केन्द्र झापामा स्थापित गर्ने पहिलो व्यक्ति पनि हुन् ।
५ वर्षयता सेवा निवृत्त जीवन बिताइ रहेका राजवंशी विरामी अवस्थामा घरमै आराम गरिरहेका छन् । राजवंशीको बारेमा अग्रज पत्रकार लोकराज ढकालले लेखेका छन्—“उहाँको घरमा अकस्मात पुग्दा अत्यन्तै दुखित भएँ ।उहाँको कुरा सुन्ने, हेर्ने, ढाढस दिने, उत्साह जगाउने विषयमा कसैलाइ कुनै मतलब छैन । उहाँको एउटा कुरा निकै बिझो, काम गरूञ्जेल मात्र हो, सबैले चिन्ने, बुझ्ने र सम्झने ।
“उहाँ निकै विरामी हुनुहुदो रहेछ । आज झापामा २ दर्जन वढीआँखा अस्पताल होलान ? यै व्यावसाय सेवाको नाममा अहिले सारै मौलाएको पनि छ । ठूलो होडवाजी, हानाथाप पनि देखिन्छ ? तर, कुनै बेला झापामा आखाँको डाक्टर भनेर मेमलाललाई मात्र चिनिन्थ्यो । मेची आँखा अस्पताललाई कठिन घडीमा संर्घष गर्दै आज त्यहाँ पुरÞ्याउने मेमलाइजीको योगदान लाई सलाम छ नमन छ ।”
ढकालले भने जस्तै पछिल्लो समय नेपाली समाज स्वार्थ केन्द्रित हुँदै गइरहेको छ । देश र समाजको उन्नतिका लागि योगदान दिनेहरू बल सकिएको दिन एक्लै कुनामा हराउनु पर्छ । आपत पर्दा सहयोग गर्ने मनहरू भेट्न गाह्रो छ । मेमलाल त्यसको एउटा उदाहरण मात्र हुन् । समाजका हरेक क्षेत्रमा रगत पसिना बगाउनेहरू काम गर्न नसकेको दिनबाट सहयोगबिहिन हुन्छन् । सायद मेमलालको हालत पनि यसैको परिणाम हुन सक्छ ।
