पशुपति प्रावि स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक
भद्रपुर । भद्रपुर ४ तारानगर स्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ ।
भूतपूर्व विद्यार्थी समूहको आयोजनामा गत चैत्रमा सम्पन्न स्वर्ण महोत्सवमा ४ लाख ५० हजार ८८७ रूपैया आम्दानी तथा ३ लाख १८ हजार ७२ रूपैया खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।
भूतपूर्व विद्यार्थी समूहका संयोजक ऋषिप्रसाद नेपालका अनुसार स्वर्ण महोत्सवमा जग्गादाता परिवार, आर्थिक तथा जिन्सीदाता र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो भने विद्यालयको सजावटदेखि साजसज्जासम्मका विविध गतिविधिमा रकम खर्च भएको थियो ।
विभिन्न दाताबाट प्राप्त रकम खर्च कटाएर १ लाख ३२ हजार ८१५ रूपैया बचत भएको छ । बचत रकम विद्यालयमै हित हुने गतिविधिमा खर्च गर्ने गरी राखिएको संयोजक नेपालले जानकारी दिए ।
