झापा प्याब्सन क्लष्टरको एक दिने शिक्षण तालिम सम्पन्न

भद्रपुर १४ असार झापाको भद्रपुरमा शिक्षकहरुको उत्प्रेरणा जगाउने उदेश्यले शैक्षिक रुपान्तरण मोटिभेसन संवन्धि एक दिने तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्याब्सन कोशी प्रदेश बरिस्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले गर्नु भएको थियो । झापा क्लष्टर प्याब्सनको आयोजनामा सम्पन्न कार्यक्रममा झापाका १०० वटा विद्यालयका संसथागत प्रिन्सिपल लगायत ८ सय बढी शिक्षक शिक्षिकाको सहभागी रहेको थियो ।

जनार्दन ढकालको अध्यक्ष्ातामा सम्पन्न तालिमको प्रशिक्षण रिसर्च person अशोककुमार दाहालले प्रदान गर्नु भएको थियो । राजेश आचार्यको संचालन रहेको कार्यक्रमको स्वागत उत्तम खनालले गर्नु भएको थियो भने प्रमुख अतिथि प्याकुरेल भद्रपुर प्याब्सन अध्यक्ष भक्त बहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।