सामाजिक सञ्जालमा सदाचारी शिक्षा किन ?
इन्द्रप्रसाद ओली
परिचय :-
सामाजिक सञ्जाल भन्नासाथ कम्प्युटर ( ल्यापटप वा डेस्कटप ) मोवायल ( स्मार्टफोन वा ट्याब्लेट ) जस्ता उपकरणमा इन्टरनेट जडान गरि फेसबुक ,इष्टग्राम , भाइवर,ट्विटर , वाड्सव युटुव, टिकटक आदिमा आफुले प्राप्त गरेका वा आफुले सिर्जना गरेका विचार डिजिटल फोटो वा भिडियोहरु आदनप्रदान गर्न प्रयोग गरिने माध्यलाइ सामाजिक सञ्जाल भनिन्छ । समाजको विकास सगै प्रविधिहरुको पनि दिन प्रतिदिन द्रुत रुपमा विकाश भएको पाइन्छ । पछिल्लो समयमा हेर्ने हो भने सबै भन्दा छिटो विकास भएको संचार जगत नै हो ।
आज विस्वलाइ नै जोडेको छ , कुनै पनि सन्देस प्रेशित गरि सक्दा संसारभर फैलिन्छ ।विस्वको जुनसुकै भुगोलमा बसे पनि सहजरुपमा भौतिकरुपमा उपस्थिती भए झै कुराकानी गर्न व्यवशाय संचालन गर्न , कार्यालय संचालन गर्न , मिटिङ्ग ,वैठक ,प्रशिक्षण गर्न आदि विविध क्षेत्रलाइ जोडेको छ । विस्वका धेरै कार्यालयहरुमा सबै डकुमेन्ट नै विद्युतिय फाइलिङ्ग मा राखिन्छ । चाहे व्यक्तिगत विवरण देखि सवारी साधन , घरजग्गा कारोवार , वैकिङ्ग कारोवार जति पनि मानवका लागि चाहिने रेकड हरु अब कागजात लेस छन । नेपालमा पनि प्राय कार्यालयहरु र अन्य सेवा सुविधा हरुमा विद्युतिय प्रविधिबाट नै संचालन भएको पाइन्छ । आजको परिस्थितिमा नेट, इन्टरनेट सामाजिक संञ्जाल विश्वविद्यालय नै बन्न पुगेको छ।
यसको प्रयोगको दायरा धेरै फराकिलो छ र यसला ई सहज रुपमा प्रयोग गर्न सकिन्छ ।वेबसाइट एवं इन्टरनेटको माध्यमद्धारा हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधी भएकाले हरेक व्यक्तिको सहज माध्याम बनेको छ ।
अब यसको अभावमा काम गर्न, कल्पना सम्म गर्न नसकिने अवस्था बनेको छ ।
यसलाइ सहि सदुपयोग गर्दा , छिटो छरितो भरपर्दो सबै कुरा हरु सहज रुपमा पाउन सकिने । वार्तालाप गर्न तेतिकै सहज ,ता कि भौतिक रुपमा नै कुरा भएझै एक आपसमा देखिएर हरेक गतिविधी हाउवाउ सबै देख्न हेर्न सकिने तसर्थमा यो विधिलाइ धन्यवाद दिनै पर्छ ।
(१) इन्टरनेटको परिचय :-
इन्टरनेट भन्नाले कम्प्युटर तथा डिजिटल उपकरणहरु जस्तै: मोवायल फोन, नोट प्याड ,आई प्याड आदिको नेटवर्क( network) server को माध्यमबाट अन्य इलोक्टोनिक ( electronic gadgets सँग जोडिएको विद्युतिय माध्यबाट सुचना आदान प्रदान गर्ने माध्य इन्टरनेट हो ।
(२) इन्टरनेट तथा सामाजिक सञ्जालका फाइदा हरु :-
– सुचना आदान प्रदान छिटो- छरितो गर्न सकिने ।
– घरमै वसरे स्वदेश तथा विदेश ( विस्वका जुनसुकै भुगोल ) मा प्रत्यक्ष सम्पर्क गर्न सकिने ।
– महत्वपुर्ण कागजात , फोटो एवं भिडियो तुरुन्तै आदान प्रदान गर्न सकिने ।
– कुनै घटना वा अन्य विषयवस्तुको प्रत्यक्षप्रसारण गर्न सकिने।
– घरमै वसेर व्यापर व्यावशाय , खरिदविक्री , कार्यालय सञ्चालन, प्रशिक्षण तथा आफ्ना विचारभावना राख्न सजिलो एवं हरेक काममा प्रयोग गर्न सकिने ।
– अध्ययन अनुसंन्धान एवम लेखन कार्यमा सघाउ पुग्ने र सामाग्रीहरु उपलब्ध हुने ।
– भौगोलिक अवस्थिती ( georgraphical location) को जानकारी पाउन सकिने।
– लेख, रचना तथा अन्य सृजना प्रस्तुत आदि गर्न सकिने ।
(३) इन्टरनेट तथा सामाजिक सञ्जाल दुरुपयोग का बेफाइदा हरु :-
– अरुप्रती नकरात्मक टिप्णी हुने ।
– व्यक्तिको मान प्रतिष्ठामा हानी – नोक्सानी गर्ने विषय बस्तु सियर ( share) हुने ।
– सामाजीक सञ्जालमा समय बढी खर्चिने ।
– नचिनेको व्यक्तिलाइ साथी बनाउने जिस्क्याउने, अर्काको तस्विर तथा भिडियोको दुरुपयोग हुने।
– पढ्ने लेख्ने बानी हराउदै जाने ,कहिले काहीँ गलत सुचना हरुले हानी नोक्सानी र भ्रम सृजना हुन सक्ने ।
– सामाजिक सञ्जाललाइ अध्यायन अनुसंन्धानको साधन भन्दा मनोरञ्जनको साधनको प्रयोग हुन सक्ने ।
– घर परिवार मा अथवा पाउना ( अतिथी) हरु , मान्यजन हरु बसेर गफ गरिरहेको अवस्थामा ध्यान नदिने , वास्ता नगर्ने आफ्नै दुनियामा सामाजिक सञ्जालमा भुल्ने ।
– घर परिवारलाइ समय नदिने गफ कुराकानी नगर्ने आदि हुने ।
– अश्लिल भिडियो तथा तस्विर हरु खिचेर पठाउने share गर्ने ।
– गलत समचार सम्प्रेष्ण हुने गोप्यनियता नहुने आदि ।
तर कुनै पनि वस्तुको सहि पहिचान सहि सदुपयोग हुन सके जीवनका मार्ग दर्शक हुन्छन , सबै ढोका खुल्ला हुन्छन ।यदि सहि पहिचान , सहि सदुपयोग हुन नसके जीवन अस्तव्यस्त र जीवनका सबै ढोका बन्द भएर जिन्दगिनै अपुरो हुन सक्छ ।
नेपालमा आज भोलि सामाजिक सञ्जाललाइ सदुपयोग भन्दा बढी दुरुपययोग हुने
गरेका विभिन्न सुचना तथा घटना हरुले पुष्टि गर्दै गएको छ ।
सामाजिक सञ्जाललाइ दुरुपयोग नहोस यसको सहि सदुपयोग सदाचारी प्रयोगमा पहुँच रहोस भनी कानुनी व्यवस्था समेत गरिएको छ ।
(४) सामाजिक सञ्जाल सदाचारी प्रयोग व्यवस्थापन गर्न नेपालको विद्युतिय कारोबार ऐन – २०६३
परिचय :-
कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन ।यसमा इन्टरनेट , इन्ट्रानेट र एक्स्ट्रानेट सँग सम्बन्धित आपराधिक गतिविधीहरु पर्दछन ।यस्ता किसिमका गतिविधिहरुलाइ नियन्त्रण, अनुसन्धान र रोकथाम गर्न ल्याइएको कानुन विद्युतिय कारोवार ऐन हो ।
नेपालको विद्युतिय कारोवार ऐन – २०६३ ले कम्प्युटर , इन्टरनेट लगायतका विद्युतिय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री प्रकाशन वा प्रदर्शन गर्ने लगायतका कामलाइ विद्युतिय कसुर ´´ भनी परिभाषित गरेको छ ।
इन्टरनेटको प्रयोग मार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य , यौनजन्य हिंसा , इन्टरनेट धोका धडी, अर्काको पहिचान अनधिकृत रुपमा प्रयोग , क्रेडिट कार्ड तथा एकाउन्ट आदि चोरी गरि गरिने बैङ्किङ कसुर, अर्काको कम्पुटर, विद्युतिय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षती लगायत अवैधानिक कार्यलाई साइबर अपराध पनि भनिन्छ ।प्रविधिको विकास सँगै बालबालिकाहरुको प्रविधिमा पहुँच बढ्दै गइरहेको अवस्थामा यसबाट पर्न सक्ने नकरात्मक असरहरुका बारेमा जानकारी गराउदै इन्टरनेट तथा तेक्नोलोजी को के कसरी दुरुपयोग हुनसक्छ र सामाजिक सञ्जालका विभिन्न माध्यमहरुलाइ के – कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु नितान्त अवश्यक रहेको छ । सामाजिक सञ्जालको सदाचारी प्रयोग भन्ने विषयलाइ एक अभियान को रुपमा नै सबै तह तप्का लाई जागरण गर्न आवश्यक रहेको छ ।
(५) सामाजिक सञ्जाल ( साईबर ) अपराधका किसिम हरु :-
( क) डर देखाउनु / धम्क्याउनु ( cyber Bullying)
सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट विभिन्न कारण देखाइ डर देखाउने ,हेप्ने,धम्क्याउने, गलत कुरा फैलाउने , बेइज्जत गर्ने, हिनताबोध गराउने जस्ता क्रीयकलप विशेष गरि नचिनेको व्यक्तिसँग अनलाइन तथा इन्टरनेटमा सम्बन्ध गाँस्दा Cyber Bullying मा पर्न सकिन्छ।
( ख) Sexting ( यौन आश्यले गरिने सन्देश आदन
प्रदान )
– इन्टरनेट्को माध्यमबाट यौनजन्य चित्र, सन्देश, भिडियो आदि पठाउनु ।
– खराव मनसाय बोकेका व्यक्तिहरुले बालबालिकाहरुलाई त्यस्ता क्रीयाकलापमा उत्प्रेरित गराउन त्यस्ता गलत मेसेजहरु पठाउने ।
यसबाट बालबालिकाहरु बिस्तारै दुर्व्यवहारको सिकार हुने।
( ग) Setortion:-
– कुनै व्यक्तिलाइ पैसाका लागि यौनजन्य चाहना पूरा गर्नका लागि दिइने मानसिक वा नैतिक दबाब दिनु ।
– पीडक र पीडित बिच आदन – प्रदान भएका तस्विर / भिडियो आदिको दुरुपयोग गर्नु ।
– गोप्य तस्विर वा भिडियो, मेसेज सार्वजानिक गरिदिन्छु भनी आर्थिक वा अन्य प्रकारका दबाब दिनु ।
( घ) Child pornongraphy ( बाल अश्लिलता )
– बालबालिकालाइ इन्टरनेट वा सामाजिक सञ्जालको माध्यमबाट अश्लिल यौनजन्य क्रीयाकलापहरु गर्न लगाइ त्यसको भिडियो, तस्विर तथा मेसेज तयार गरि प्रकासन तथा प्रसारण गर्नु CHild pornography हो।जस्तै: बालबालिकालाइ नग्न तस्विर खिच्न लगाइ यौनजन्य साइट तथा पेजहरुमा प्रकाशन गर्नु, बालबालिकाहरुलाई अश्लिल कुराकानी गर्न लगाइ INTERNET मा प्रकाशन गर्नु आदि ।
( ङ ) छलकपट ( phishing)
– इमेल, सामाजिक सञ्जाल वेब साइट जस्ता माध्यमबाट महत्वपुर्ण सुचना ,पासवर्ड, बैक एकाउन्ट , क्रेडिट कार्डको pin लगायतका गोप्य सुचनाहरु पत्तालगाई सोको दुरुपयोग गर्नु ।
( च) विद्युतिय स्वरुपमा गैर कानुनी कुरा प्रकाशन गर्ने ।
– कम्प्युटर , इन्टरनेट लगायतका विद्युतिय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रती घृणा वा द्वेष फैलाउने वा विभिन्न जात -जाति र सम्प्रदाय विचको सुमधुर सम्बन्धलाइ खलल पार्ने किसिमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने ।
( छ) कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच
– कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सुचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने मनसायबाट सो कम्पुटरको धनी वा जिम्मेवार ब्यक्तिबाट कुनै अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गर्नु ।
( ज) गोपनियता भङ्ग गर्ने
– कुनै विद्युतिय अभिलेख, किताब , रजिष्टर, पत्र व्यवहार , सुचना , कागजात वा अन्य सामाग्रीहरुमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनाधिकृत व्यक्तिलाइ त्यस्तो अभिलेख , किताब , रजिष्टर पत्र व्यवहार, सुचना, कागजात वा सामाग्रीको गोपनीयता भङ्ग गर्नु ।
( झ) झुट्टा व्यहोराको सुचना दिने
– कुनै व्यक्तिले प्रमाणिकरण गर्ने निकायको इजाजत पत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रक समक्ष वा डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले प्रमाणिकरण गर्ने निकाय समक्ष पेस गर्ने कुनै व्यहोरा जानिजानी लुकाएमा वा ढाँटेमा वा जाना – जानी झुट्टा व्यहोरा पेस वा दाखिला गर्ने कार्य ।
( ञ) कम्प्युटर जालसाजी गर्ने
– जालसाजी वाअन्य कुनै गैरकानुनी कार्य गर्ने उदेश्यले डिजिटल अस्ताक्षर प्रमाणपत्र सृजना गरेमा ,वा अन्य व्यहोराले उपलब्ध गराएमा वा कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी मौज्दात ( ब्यालेन्स ) कुनै आपुर्ती र भण्डार ( इन्भेण्टरी) वाजुनसुकै बखत भुक्तानी दिने कार्ड ( ए टि एम कार्ड ) मा मिलेमतो गरि वा अन्य कुनै तरिकाले जालसाजी गरि लाभ उठाउने ।
( ट) कम्प्युटर स्रोत सङ्केतको चोरी
– कम्प्युटर स्रोतको सङ्केतलाइ यथावत राख्ने गरि तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम , कम्प्युटटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केतलाइ जानी – जानी वा बदनियत राखी चोरी गरेमा , वा नष्ट गरेमा परिवर्तन गरेमा वा त्यस्तो काम गर्नु ।
( ड) कम्प्युटर र सुचना प्रणालीमा क्षती पुर्याउने
– कुनै व्यक्तिले कुनै संस्थालाइ गलत तरिकाले हानी नोक्सानी पुर्याउने मनसाय राखी जानी – जानी कम्प्युटरमा रहेको कुनै सुचनालाई कुनै पनि ब्यहोराबाट नष्ट गरेमा , क्षती पुर्याएमा , मेटाएमा ,हेरफेर गरेमा , काम नलाग्ने बनाएमा वा त्यस्तो सुचनाको मूल्य र प्रयोगको महत्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा ।
(६) सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्ने तरिका :-
वर्तमान अवस्थामा सामाजिक सञ्जालको अधिकतम दुरुपयोग हुने गरेको पाइन्छ , कतिपयले सामाजिक सञ्जालको दुरुपयोग गरि sexting, photp mutuation ( अर्काको तस्विर सँग जोडेर तस्विर बनाउने ) sextortion जस्ता साईबर अपराधहरु बढी रहेकोले त्यसबाट पीडित हुनबाट बच्ने र बचाउने सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्नका लागि निम्नानुसारका तरिका सिक्न एवम सिकाउन आवश्यक पर्दछ ।
( क)अपरिचित व्यक्तिहरुको friend repuest accept नगर्ने ।
( ख) विस्वासिलो व्यक्ती वा अन्य कसैलाई पनि password share नगर्ने ।
( ग) सामाजिक सञ्जालमा chat गर्दा वा message गर्दा विशेष ध्यान दिने । Nude ( नाङगाे) pictures, videos,valgar texts,threatening massges etc.)
( घ) सामाजिक सञ्जालमा profile picture र अन्य तस्विर हरु public setting मा राख्दा ध्यान पुर्याउने ।
( ङ) सामाजिक सञ्जालमा privacy र security setting मिलाउने ।
( च) सामाजिक सञ्जालमा सुरक्षाका दृष्टीले संवेदनशिल व्यक्तिगत जानकारी / status हरु नराख्ने ।
( छ) समय समयमा password परिवर्तन गर्ने ।
( झ) परिवार साथै बालबालिकाहरुलाइ कसरी online मा सुरक्षित रहन सकिन्छ भनी सिकाउने ।
( ञ) समय – समयमा ( बढिमा ३ महिनामा एक पट्क) आफ्नो सामाजिक सञ्जाल ( फेसबुक, इन्सटग्राम , ट्विटर आदि ) र बैकिङ app हरुमा strong password ( जसमा खास गरि अंक, सानो ठूलो अक्षर , संकेत @,# &#®©¥ प्रयोग गर्ने ) र transaction pin समय समयमा परिवर्तन गर्ने ।
( ट) नियमित रुपमा आफ्नो एकाउन्टको सेटिङ्ग चेकजाँच र अपडेट गर्ने ।
( ठ) आफू सग सम्बन्ध नभएका वा असान्दर्भिक Link र त्यससँग जोडिएर आएका इमेल वा म्यासेज click , download वा delete नगर्ने ।
( ड) सामाजिक सञ्जाल वा प्रोफाइलमा सबै व्यक्तिगत विवरण नदिने ,आफ्नो मोवायल वा कम्प्युटरमा हालसालै अपडेट गरिएको एन्टि – भाइरस सफ्टवेयर install गर्ने ।
( ण) Email मा रहने अनावश्यक link र attachement व्यक्तिगत खाता खुलेका बखत कहिल्यै नखोल्ने – जुन समयमा गोप्य डाटा चोरी हुने गर्दछ ।
( त) घरको नेटवर्क ( वाइ फाई ) बलियो बनाउने : user number, new added devices को जानकारी र संख्या तोक्ने, तेस्रो पक्ष वा निरन्तर सम्पर्कमा नहुने user लाई आफ्नो नेटवर्क ( वाइ फाई , ईमेल ) मा आउन नदिन ब्लक वा रिजेक्ट गर्ने वा एक्सेस नदिने ।
( थ) मोवायल वा कम्प्युटरमा antivirus प्रयोग गरि समय समयमा malware र csched data स्क्यान र क्लियर गर्ने ।
( द) अलग अलग एकाउन्टमा अलग अलग पासवर्ड राख्ने , आफ्नो व्यक्तिगत movement को जानकारी सामाजिक सञ्जालमा नराख्ने ।
( ७) कानुनी व्यवस्था ।
कम्प्युटरसँग सम्बन्धित र त्यससँग समबन्धित उपकरणलाई माध्यम बनाएर कानुनले निषध गरेका क्रीयकलाप गर्ने कामलाइ साइबर क्राइम भनिन्छ ।साइबर क्राइम्स कम्पुटर नेटवर्क र सामाजिक सञ्जाल आदिको प्रयोग गरि गर्ने आधुनिक फौजदारी र सामाजिक्स अपराध हो । यसलाइ हेर्न र रोकथाम गर्न ल्याइएको कानुन्स नेपाल विद्युतिय कारोवार ऐन २०६३ हो ।
यसरी सुरक्षा विधि अपनाउदा पनि कहिले काहीँ मिष्टेक हुन सक्छ । यश अवस्थामा कानुनी सहायता पनि आवश्यक छ वा जानेर नजानेर गलत गरिएमा आफू स्वयम् कार्वाहिको भागिदार बन्नु पर्ने हुन्छ ।
सामाजिक सञ्जाललाइ सहि सदुपयोग नगरिएमा विद्युतिय कारोबार ऐन २०६३ अनुसार अधिकतम रु दुई लाख सम्म जरिवाना र ५ बर्षसम्म कैद हुने प्रावधन छ ।
(८) उजुरी गर्ने निकाय
( क) नेपाल प्रहरी , केन्द्रीय साईबर व्युरो, भोटाहिटी काठमाण्डौ ( ९८५१२८६७७० , ९८५१२८६७७१)
( ख) उपत्यका अपराध अनुसंन्धान कार्यालय, साईबर क्राइम युनिट, मिन्बभवन, काठमाण्डौ ।
( उपत्यका भित्रको लागि फोन न ९८५१२८३०३२ , इमेल : cert@nepalpolice.gov.np तथा उपत्यका बाहिरको लागि फोन न ०१- ४२१९०४४ ,९८५१२८६७७०)
( ९) CYBER CRIME को उजुरी तथा जाहेरी दिने हदम्याद तथा आवश्यक कगजतथरु ।
( क) घटना भएको थाह भएको मितिबाट ३५ दिन ।
( ख) निवेदन – सम्पर्क नम्बर र दस्तखत सहित
( ग्) केश ( घटना ) सँग सम्बन्धित screen shot हरु
( घ) url, id प्रष्ट्स निवेदनमा उल्लेख गर्नुपर्ने ।
यसर्थ सामाजिक सञ्जालसदाचरी शिक्षा सबै लाई अति आवश्यक छ । आ आफ्ना घर परिवारका सदस्य ,किसोर किशोरी लाई अनिवार्यरुपमा शिक्षा दिन आवश्यक रहेको छ ।
सन्दर्भ स्रोत :- नेपाल विद्युतिय ऐन २०६३
इन्द्रप्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नपाल