अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा विविध कार्यक्रम
भद्रपुर । मानव अधिकारका लागि महिला एकल महिला झापाले १५ औं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसरमा एकल महिलाको छहारी चन्द्रगढीमा उत्कृष्ट महिला सम्मान सहित प्रवचन कार्यक्रम सम्पन्न गरिएको हो ।
मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पलता उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गुरूकुल वेद विद्याश्रम भद्रपुरकी अध्यक्ष शान्ता वराल, सामाजिक व्यक्तित्व देवेन्द्र गौतम लगायतले मन्तव्य राख्दै एकल महिलाप्रति सामाजिक दृष्टिकोण समयानुकुल बदलिनु पर्ने धारणा राखेका थिए भने अग्रज एकल महिलालाइृ सम्मान समेत गरिएको थियो ।
