निवृत्त राष्ट्र सेवकको तलव वृद्धि नगरेको भन्दै ध्यानाकर्षण पत्र
भद्रपुर । निवृत्त राष्ट्र सेवक समाज नेपाल भद्रपुर नगरकार्य समिति झापाले आर्थिक बर्ष २०८२/८३ को संघिय बजेटमा निवृत्त राष्ट्र सेवक हरुको तलव वृद्धि नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
समाजका अध्यक्ष मुक्तिनाथ दाहाल , सचिव खड्ग बहादुर बुढाथोकी , निवृत्त राष्ट्र सेवक संघ झापा अध्यक्ष माधव प्रसाद घिमिरे लगायतका निवृत्त राष्ट्र सेवकहरुले आइतबार जिल्ला प्रशासन कार्यलय झापामा पुगि सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंलाई सो ध्यानाकर्षण पत्र बुझाएका हुन ।
पत्रमा विगत ३ वर्ष समयावधि व्यतीत हुदा समेत राष्ट्र सेवक हरुको तलब वृद्धि नगरी महगी भत्ताको रुपमा थप रकम उपलब्ध गराउने घोषण गरेबाट निवृत्त राष्ट्र सेवक लाई अन्याय र अपहेलना गरेको स्पष्ट छ , पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा महत्त्वपूर्ण जीवनकाल राष्ट्र सेवामा समर्पण गरेका निवृत्त राष्ट्र सेवक लाई महगीको असर नपर्ने र बहालवाला लाई मात्र पर्ने भन्ने आशय गलत भएको उल्लेख छ । बहालवाला कर्मचारीलाई पटक पटक महगी भत्तामा वृद्धि गरिनु र सेवा निवृत्त लाई भने विगत ३ वर्ष देखि नै तलव पेन्सन मा वृद्धि नगरिनु विभेदपुर्ण निन्दनीय कार्य भएकोले उक्त भत्ता लाई तलवमा तत्काल समायोजन गर्ने व्यवस्था गरियोस् भन्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
