कलवलगुरी कृषि सहकारी संस्थाको प्रशिक्षण सम्पन्न
भद्रपुर । भद्रपुर १० केन्द्रमोड स्थित कलवलगुरी कृषि सहकारी संस्था लिमिटेडले एक दिने सहकारी शिक्षा तालिम तथा धानको बिउ छनौट प्रशिक्षण सम्पन्न गरेको छ ।
सहकारीका सहकारी शिक्षा संयोजक चुरेन्द्र कठायतको अध्यक्षता तथा भद्रपुर १० का कार्यवाहक वडाध्यक्ष तुलसी पोखरेलको प्रमाुख आतिथ्यमा एक दिने सहकारी शिक्षा तालिम तथा बिउ छनौट प्रशिक्षण सम्पन्न गरिएको हो ।
सहकारी शिक्षा प्रशिक्षण डिल्ली दाहाल र धानको बिउ छनौट प्रशिक्षण चेतराज भण्डारीले प्रदान गरेको कार्यक्रममा सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईले कार्यक्रमको चौचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन कोषाध्यक्ष मिनबहादुर कार्कीले गरेका थिए । कार्यक्रममा ७५ जना शेयर सदस्य सहित सञ्चालक समिति तथा विभिन्न उपसमितिका संयोजकहरू सहभागी भएका थिए ।
