प्रकाश एकता कृषि सहकारीको बाल कार्यक्रम
भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था लि.को वार्षिक कार्यक्रम अन्र्तगत बाल कार्यक्रम भद्रपुर ९ स्थित श्री जीवन ज्योती आधारभुत विध्यालयमा हाजिरी जवाफ प्रतियोगिता, तातो आलु कार्यक्रम र साना ठुला वालवालिकाहरुको दौड प्रतियोगिता गरिएको छ ।
शिक्षा उप समिति संयोजक नुतन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको अौचित्यमाथी संस्थाका अध्यक्ष गोपाल प्रसाद श्रेष्ठले प्रकाश थिए भने प्रमुख अतिथी सल्लाहाकार संयोजक चुडामणी मैनाली रहेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव शालिग्राम नेपालले गरेका थिए । त्यसैगरी हाजिरी जवाफ प्रतियोगिता संस्थाका कोषाध्यक्ष र सचिवले संयुक्तरुपमा सञ्चालन गरेर खेलहरुमा प्रथम, द्वितीय, तृतिय हुने लाई पुरस्कार समेत वितरण गरिएको थियो ।