हनुमान जयन्तीको अवसरमा अखण्ड रामायण पाठ
भद्रपुर । हनुमान जयन्तीको अवसर पारेर भद्रपुर १० हनुमान टोलमा अखण्ड हनुमान चालिसा तथा रामायण पाठ पारायण गरिएको छ ।
भद्रपुर नगर उपप्रमुख राधा कार्कीले उद्घाटन गरेको रामायण पाठ पारायणको नेतृत्व आचार्य पदमप्रसाद खतिवडाले गरिरहेका छन् ।
चन्द्रगढी सेवा समाज र हनुमान टोल विकास संस्थाको समन्वयमा हरेक वर्ष हनुमान जयन्तीमा रामायण पाठ पारायण हुने गरेको छ ।
उद्घाटन कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी लगायत स्थानीयको सहभागिता रहेको थियो ।