पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव
भद्रपुर । भद्रपुर ४ तारानगर स्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव अन्र्तगत पहिलो दिन रक्तदान तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।
विद्यालयका भूतपूर्व विद्यार्थी समूहको आयोजनामा चैत्र २७ र २८ गते सञ्चालन हुने महोत्सवमा पहिलो दिन रक्तदान र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।
दोश्रो दिन स्वर्ण स्तम्भ अनावरण सहित विविध कार्यक्रम गरेर स्वर्ण महोत्सवको समापन गरिने भूतपूर्व विद्यार्थी समूहका संयोजक ऋषिप्रसाद नेपालले जानकारी दिएका छन् ।