गढीगाउँमा अक्षय कोष स्थापनाथ सप्ताह ज्ञान महापुराण
भद्रपुर । झापाको बुद्धशान्ति ५ गढीगाउँ शान्तिनगरमा अक्षय कोष स्थापनार्थ लगाइएको सप्ताह महाज्ञान यज्ञको छैटौ. दिनसम्म दाताहरूबाट दश लाख रूपैया सहयोग जुटेको छ ।
रिद्धिशिद्धि शान्तिनगर जेष्ठ नागरिक चौतारीको आयोजनामा गढीगाउँमा चैत्र १७ गतेदेखि २४ गतेसम्म चल्ने श्रीमदभागवत महापुराणमा छैटौ. दिनसम्म मनकारी दाताहरूबाट दश लाख रूपैया सहयोग जुटेको हो ।
रेडियो नेपालका पूर्व धार्मिक कार्यक्रम सञ्चालक आचार्य पण्डित पुरूषोत्तम सापकोटाको प्रमुख वाचन तथा युवा पण्डित वीरेन्द्र दाहालको उपवाचनमा चलिरहेको संगीतमय सप्ताह महाज्ञान यज्ञबाट संकलित रकम जेष्ठ नागरिक चौतारी मार्फत गरिने समाज सेवाका लागि अक्षय कोष खडा गरिने अध्यक्ष इन्दिरा रिजालले जानकारी दिइन् ।
रिद्धिशिद्धि शान्तिनगर जेष्ठ नागरिक चौतारीको मातहतमा एउटा सभाहल सहितको कार्यालय भवन रहेको छ । सोही भवनमा गढीगाउँका बासिन्दाले कार्यक्रमहरू गर्ने गरेका छन् । सभा हल पूर्ण रूपमा निर्माण सम्पन्न भइ नसकेका कारण त्यहाँ पनि निर्माण कार्य गर्नु पर्ने अवस्था रहेको आयोजकको भनाइ छ ।