भद्रपुर झापा गोल्ड कपको फाइनल खेल आज हुँदै
भद्रपुर । भद्रपुरमा जारी भद्रपुर झापा गोल्ड कपको फाइनल खेल आज हुँदैछ। फाइनल खेल मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब र भद्रपुर ब्लेजर्स बीच हुने आयोजकले जनाएको छ। खेल मेची रंगशालामा दिउँसो ठिक २:३० बजे हुने अध्यक्ष दिपेश ढकालले जानकारी गराउनुभएको छ।
भद्रपुरस्थित मेची रङ्गशालामा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने भद्रपुर ब्लेजर्सले बङ्गलादेशको क्राउन बfजार प्रगति सङ्घलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
विहीबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकहरूले आ–आफ्नो टोली उपाधि जित्न सक्षम रहेको दाबी गरेका छन्।
गोल्ड कपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल जित्नेछ। साथै, प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टूर्नामेन्ट) ले नगद एक लाख पाँच हजार रुपैयाँ पाउने अध्यक्ष दिपेश ढकालले बताएका छन्।