विज्ञान तथा प्रविधि

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

भद्रपुर । आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड क्षेत्र रहेको छ।

भूकम्प बिहान २ बजेर ५१ मिनेट जाँदा गएको थियो। भूकम्पको प्रभाव आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ। हालसम्म यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।

स्थानीय बासिन्दाहरूले भूकम्पको झट्का निकै तेज रहेको बताएका छन्। सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा भूकम्पको प्रभावबारे विभिन्न रिपोर्टहरू आउन थालेका छन्।

यसैबीच, झापाको भद्रपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

विस्तृत जानकारी आउन बाँकी छ।