भद्रपुर व्लेजर्ससँग नेपाल पुलिस २–१ ले पराजीत
भद्रपुर, । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको अन्तर्गत आज भएको खेलमा भद्रपुर व्लेजर्स विजयी भएको छ ।
आयोजक भद्रपुर ब्लेजर्सले नेपाल पुलिस क्लबलाइ १ का विरुद्ध २ गोल गर्दै विजयी भएको हो ।
यस अघि वुधवार भएको खेलमा भद्रपुर व्लेजर्सले दार्जिलिङ पुलिस टिमलाइ ३ का विरुद्ध चार गोल गर्दै पराजीत गरेको थियो ।भोली शनिवारको खेल झापा ११ र चर्च व्याइज युनाइटेड विच हुनेछ ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट दिन एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाउनेछन ।