झापा गोल्डकप प्रतियोगिताको उदघाटन खेलमा भद्रपुर व्लेजर्स विजयी
भद्रपुर,७ फाल्गुण । भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उदघाटन खेलमा भद्रपुर व्लेजर्स विजयी भएको छ । भद्रपुर व्लेजर्सले दार्जिलिङ पुलिस टिमलाइ ३ का विरुद्ध चार गोल गर्दै पराजीत गरेको हो । भोलीको खेल झापा ११ र मछिन्द्र क्लव विच हुनेछ । प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्नुभएको थियो
प्रतियोगिता सम्पन्न गर्न सौर्य एयरलाइन्स तथा ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरले मुख्य प्रायोजन गरेको छ ।भद्रपुर झापा गोल्डकपका कार्यसमिति सदस्य तथा पूर्व राष्टिय खेलाडी गम्भीर राइको समर्पण गरिएको फुटवल प्रतियोगिता फाल्गुण १६ गते सम्म संचालन हुने महासचिव जिवनकुमार श्रेष्ठले वताउनुभयो ।